२५ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

तीन अर्ब २९ करोड अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान […]

कमलामाई । बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । उनले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागन फलको फल र बिरुवा उत्पादन गर्छन्। यसले पाँच जनाको काफ्ले परिवारलाई स्वरोजगार बनाएको छ […]

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालयमा कार्यरत एक कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सिरहाको नापी कार्यालय लहानमा कार्यरत अमिन दिपरन्जन यादवलाई घुस रकमसहित नियन्त्रणमा लिइएको हो । यादवले जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना आयोगमा परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भारतको दिल्ली पुगेका छन् । देशमा राजनीति संक्रमण बढ्दै गइरहेको बेला उनी मंगलबार दिल्ली पुगेका हुन् । उनी दिल्ली किन गएका हुन् भनि खुलेको छैन यद्यपि पार्टीको विशेष काम लिएर उनी त्यहाँ गएको पार्टी स्रोतले जनाएको छ । सो क्रममा केही भेटघाट समेत भएको बताइएको छ । […]

काठमाडौं । गृह मन्त्रालयले भारतसँगको खुला सीमा नाकाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ। मन्त्रालयले आज सीमा क्षेत्रसँग जोडिएका जिल्ला प्रशासन कार्यलय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो। मन्त्रालयले […]

‘बगान’ चलचित्रमा बोलिएको एक पंक्ति ‘मनमा मैला भएकै कारणले महिला’। निकै खड्क्यो यो वाक्य। अर्को थियो, ‘महिलाको दुस्मन महिला नै हुन्छन् भनेको हो रै’छ क्या !’ यो वाक्य त धेरै अघिदेखि सुन्दै, विश्वास गर्दै अनि केही वर्षदेखि गलत भनेर बुझ्दै आएको थिएँ। धेरै वर्षदेखि अभ्यास गरिरहेको कुरा हो, महिलालाई महिलाको दुस्मन मान्ने र सतहमा हेर्दा त्यस्तै […]

काठमाडौं । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्ण रूपमा लागु हुने मिति (इन्ट्री इन टु फोर्स–ईआइएफ) तोकिएको छ। गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) को सञ्चालक समिति बैठकले भदौ १३ लाई ईआईएफ मिति तोकेको हो। एमसीसी […]

रगतमा ‘भिटामिन के’ को स्तर कम हुने व्यक्तिमा फोक्सो बिग्रिने सम्भावना अधिक हुने एक अध्ययनले देखाएको छ। उक्त अध्ययन कोपेनहेगन यूनिवर्सिटी हस्पिटल र कोपेनहेगन यूनिवर्सिटीमा डेनिश शोधकर्ताहरुको एक टीमले गरेको हो। यसमा कोपेनहेगनमा बस्ने २४ देखि ७७ वर्ष उमेर समूहका ४ हजार ९२ जनाको समूहलाई सहभागी गराइएको थियो। शोधकर्ताहरुले भिटामिन केको स्तर कम हुने व्यक्तिमा […]