२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मधेश विशेष

डा.सीके राउतको ओली, उपेन्द्र र महन्थसंग पनि शिष्टाचार भेटवार्ता

न्यूजमधेश डेस्क काठमाडौं ,२१ मंसिर। मंसिर ४ को निर्वाचनको नतिजा आएसँगै राजनीतिक भेटघाटमा व्यस्त रहेको जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आज पनि भेटवार्तालाई निरन्तरता दिएका छन् । डा.राउतले आज एकै दिन नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एवम् लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । […]

न्यूजमधेश डेस्क काठमाडौं ,१९ मंसिर ।नेपाली जनताको लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्यको यही मंसिर ४ गते भएको आवधिक निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट १२ र समानुपातिकतर्फ सात राजनीतिक दलको संघीय संसद्मा प्रतिनिधित्व हुने […]

न्यूजमधेश डेस्क काठमाडौं ,१८ मंसिर ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतबीच भेटवार्ता भएको छ। काठमाडौंको बाँसबारीस्थित प्रवक्ता महतको निवासमा भएको भेटमा निर्वाचित भएका डा.राउतलाई बधाई ज्ञापन गरी समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको छ। सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरी निर्वाचित भएका डा.राउतसँग ठूला […]

न्यूजमधेश डेस्क काठमाडौं,१७ मंसिर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले समानता, भाइचारा र मुलुकको समृद्धिका लागि काम गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागिपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले जनताले आफ्नो पार्टीलाई अन्तिम आशाको नजरले हेरेको भन्दै उनीहरूको आशालाई निराश हुन नदिने गरी रातदिन काममा खटिने बताउनुभयो । सप्तरी क्षेत्र नम्बर […]

न्यूजमधेश डेस्क राजविराज ,६ मङ्सिर । सप्तरीको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ । पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसले अग्रता लिँदा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी र क्षेत्र नम्बर २ मा जनमत पार्टीको अग्रता छ । सर्वाधिक चासोको रुपमा देखिएकोे क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष […]

न्यूजमधेश डेस्क सप्तरी, ४ मंसिर । सप्तरीको छिन्नमस्ता वार्ड नम्बर ७ मा पैसा लिन नमान्दा मतदाता कुटिएका छन् । गएराति १ बजेको समयमा छिन्नमस्ता ७ स्थित हाटीटोलमा पैसा लिन नमान्दा जसपा कार्यकर्ताबाट मतदाता कुटिएको हो । कुटपिटबाट ३ जना घाईते भएका छन् । घाईते हुनेहरुमा स्थानीय ४८ बर्षीया उषादेवी मंडल, ५१ बर्षीय सुकराम मंडल र […]

जनकपुरधाम, २९ कार्तिक : जनमत पार्टीका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार ई . शम्भुनाथ साहले जनमत जितेपछी किसानको समस्या समाधान गर्ने बताएका छन् । मंगलबार जनकपुरधाममा घरदैलो कार्यक्रमको क्रममा उम्मेदवार साह किसानहरु वर्षो देखि मलखाद लगायतका समस्या भोगदै आएको भएपनि राज्य समाधान गर्न नसकेको आरोप लगाएका छन् । उनले जनमत पार्टी […]

जनकपुरधाम,२९ कार्तिक ।धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारहरुले निर्वाचन आचार संहिताको धज्जी उडाएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आनन्द यादव ( गंगाराम ) र सोही क्षेत्रबाट प्रदेश सभा (ख) का उम्मेदवार राम आशिष यादवले आचार संहिताको धज्जी उडाएका हुन् । प्रचार-प्रसारका लागि प्रयोग […]