२७ कार्तिक २०८२, बिहिबार
13-11-2025 , Thu
×

जनमत पार्टी शहिदनगर -३ मा वडा समिति पुर्न गठन,अध्यक्षमा कपिलदेव

Logo
प्रकाशित शनिबार, आषाढ ०९, २०८०

जनकपुरधाम,९ असार।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ मा वडा समिति गठन गरिएको छ।

बद्री नारायण यादवको अध्यक्षतामा शनिबार भएको कार्यक्रम शहिदनगर -३ मा पार्टीको वडा समिति पुर्न गठन गरिएको छ। कपिलदेव साहको नेतृत्वमा ३१ सदस्यीय वडा समिति पुर्न गठन गरिएको हो।समितीको सचीवमा ओम प्रकाश यादव र कोषाध्यक्षमा जानकी देवी दास रहेकी छिन् ।

समितीका सदस्यहरुमा पुनण यादव,सुर्यदेव यादव,रामबोध नायक,अजय दास,बिना महरा,फुलमती मेस्तर,जानकी पासवान ,शशि साह,अशोक मण्डल ,अर्जुन पासवान ,सजन देवी यादव,पानो देवी खत्वे,खतमा खातुन र रजा राम साहसहित ३१ सदस्यीय समिती गठन गरिएको हो।समितीको अध्यक्ष साहसहित सदस्यहरुलाई अबिरको टीका थापेर सफल कार्यकालको शुभकामनासमेत नेताहरुले दिएका थिए।

कार्यक्रममा जनमत पार्टीको विदेश विभाग संगठन गैर आवासीय मधेसी संघको अन्तरास्ट्रिय महासचिव डा.श्याम बाबू महतोको प्रमुख आतिथ्यमा सप्पन्न भएको हो।कार्यक्रममा पार्टीका मधेश प्रदेश सदस्य रामपुकार यादव, नगरपालिकाका पर्यवेक्षक धनिक लाल कापर ,बिरेन्द्र कुमार यादव,नगरध्यक्ष रत्न सागत यादवको सहभागितामा सहभागितामा वडा समिति पुर्न गठन भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]