०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

समाज

रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या

न्यूजमधेश डेस्क बुटबल ,१८ असोज । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । गएराती रुपन्देहीको शुद्धोधन–३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता– ३ का अवदेश चमारको हत्या भएको हो । सोही उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी चमारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असोज। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफू बाटोकै कारण घरभित्र थन्किन बाध्य भएका बताएका छन् । ठेकेदारले बाटो खनेर छोडिदिँदा जनकपुरधामस्थित घरमै थन्किनुपरेको उनले बताएका छन् । जनकपुरधाम उप महानगरपालिका ८ स्थित बलुवा टोलमा राउतको घर छ । जनकपुरधामको केन्द्र रमानन्द चोकभन्दा करीब पाँच मिनेटकै दूरीमा आफ्नो घर रहेपनि बाटोका […]

न्यूजमधेश डेस्क सप्तरी ,१६ असोज । अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी […]

न्यूजमधेश डेस्क सिरहा ,१५ असोज । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र […]

न्यूजमधेश डेस्क सर्लाही,१५ असोज।सर्लाहीकाे लालबन्दी १५ का स्थानीय मन्दिर संरक्षणमा जुटेका छन् । साे वडाकाे माथिल्लाे देउराली स्थित फुलजाेर खाेला किनारमा रहेकाे सिद्देश्वर मन्दिर संरक्षणका लागि समिती बनाएरै स्थानीय मन्दिरकाे संरक्षणमा जुटेका हुन् । यहाँ स्थित साे मन्दिर परिसरमा अहिले जमिन सम्याउने काम भएकाे छ । धार्मिक अास्था बाेकेकाे साे मन्दिर संरक्षणमा कसैले चासाे नदिएपछि […]

न्यूजमधेश डेस्क भैरहवा ,१४ असोज। रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ । माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना नरोकिएको जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ का दुई महिना साउन […]

न्यूजमधेश डेस्क सर्लाही ,१३ असोज। सर्लाहीको लालबन्दी नगरपालिका–८ स्थित निर्माण सम्पन्न भएका ज्येष्ठ नागरिक आवास गृहको भवन आज वडा कार्यालयलाई हस्तान्तण गरिएको छ । सहरी विकास तथा भवन कार्यालय जनकपुरका इञ्जीनीयर विनोदकुमार यादव र नव सिर्जनशील कन्स्ट्रक्सन प्रालि पिएमके (जेभी)का प्रतिनिधि रवि रञ्जीतकारले संयुक्त रुपमा आज लालबन्दी नरगपालिका–८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठलाई सो भवन हस्तान्तरण […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ असोज ।तराईं मधेशका पवित्र ‘जितिया पर्व’ प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको […]