१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

रौतहटमा भोजपुरी कलाकार खेसारीलालमाथि ढुङ्गा प्रहार

Logo
प्रकाशित मंगलबार, फाल्गुण १७, २०७८

रुपेन्द्र पटेल
रौतहट ,१७ फागुन। भोजपुरी कलाकार खेसारीलाल यादवमाथि ढुङ्गा प्रहार भएको छ । रौतहटको मौलापुर नगरपालिका– ५ पतौरा महादेव मन्दिरमा महाशिवरात्रीको अवसरमा आयोजित मधानी महायज्ञमा प्रस्तुती दिन आएका कलाकार यादवमाथि ढुङ्गा प्रहार भएको हो ।

यादवले स्टेजमा गीत गाउँदै गर्दा उनीमाथि ढुङ्गा प्रहार भएको थियो । उनले दर्शलाई शान्त हुन आग्रह गरेका थिए । दर्शक श्रोताको मायाका कारण आफू दोस्रो पटक कार्यक्रममा उपस्थित भएको बताउँदै उनले उच्छृङ्खल गतिविधि नगर्न आग्रह गरे ।

यसअघि सुनसरीको बर्जु गाउँपालिकामा आयोजित उनी आउने महोत्सवमा पनि चारवटा गाडी र स्टेजमा आगजनी र तोडफोड भएको थियो ।

उक्त घटना सम्झिदै उनले भने, ‘पहिलो पटकको त्यति ठूलो घटनापछि पनि आएको छु । मलाई माया गर्नुको सट्ट ढुङ्गा÷ईट्टा प्रहार गर्नुहुन्छ । यस्तो व्यावहारले अर्को पटक नेपाल आउन सोच्नुपर्ने भयो ।’

उनले आफू मात्रै नभएर अरु कलाकार पनि नेपाल नाउने बताए । उनले भने, ‘तपाईंहरुको सम्मानको लागि आएको हुँ, म दुश्मन हैन, माया गर्नुहोस्, माया लिनुहोस् ।’

यद्यपी उनलाई लक्षित गरेर गरिएको ढुङ्गा प्रहारबाट उनी बच्न सफल भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]