१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

रौतहटमा भोजपुरी कलाकार खेसारीलालमाथि ढुङ्गा प्रहार

Logo
प्रकाशित मंगलबार, फाल्गुण १७, २०७८

रुपेन्द्र पटेल
रौतहट ,१७ फागुन। भोजपुरी कलाकार खेसारीलाल यादवमाथि ढुङ्गा प्रहार भएको छ । रौतहटको मौलापुर नगरपालिका– ५ पतौरा महादेव मन्दिरमा महाशिवरात्रीको अवसरमा आयोजित मधानी महायज्ञमा प्रस्तुती दिन आएका कलाकार यादवमाथि ढुङ्गा प्रहार भएको हो ।

यादवले स्टेजमा गीत गाउँदै गर्दा उनीमाथि ढुङ्गा प्रहार भएको थियो । उनले दर्शलाई शान्त हुन आग्रह गरेका थिए । दर्शक श्रोताको मायाका कारण आफू दोस्रो पटक कार्यक्रममा उपस्थित भएको बताउँदै उनले उच्छृङ्खल गतिविधि नगर्न आग्रह गरे ।

यसअघि सुनसरीको बर्जु गाउँपालिकामा आयोजित उनी आउने महोत्सवमा पनि चारवटा गाडी र स्टेजमा आगजनी र तोडफोड भएको थियो ।

उक्त घटना सम्झिदै उनले भने, ‘पहिलो पटकको त्यति ठूलो घटनापछि पनि आएको छु । मलाई माया गर्नुको सट्ट ढुङ्गा÷ईट्टा प्रहार गर्नुहुन्छ । यस्तो व्यावहारले अर्को पटक नेपाल आउन सोच्नुपर्ने भयो ।’

उनले आफू मात्रै नभएर अरु कलाकार पनि नेपाल नाउने बताए । उनले भने, ‘तपाईंहरुको सम्मानको लागि आएको हुँ, म दुश्मन हैन, माया गर्नुहोस्, माया लिनुहोस् ।’

यद्यपी उनलाई लक्षित गरेर गरिएको ढुङ्गा प्रहारबाट उनी बच्न सफल भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]