१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

समाज

निर्वाचनमा विजयी हुने लक्ष्यले कार्यकर्तालाई कार्यगर्न डा. राउतको निर्देशन (तस्बिरहरु)

राजविराज, ५ असोज । विभिन्न पार्टी परित्याग गरि करिब सयौं नेताकार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेका छन् । सप्तरीको राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पार्टीको जिल्ला समन्वय समितिको पुर्ण बैठकमा जनमतमा प्रवेश गरेका छन् । पार्टीका सप्तरीको अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा […]

न्यूजमधेश डेस्क जलेश्वर ,४ असोज । संविधान दिवस– २०७८ को अवसर पारेर जलेश्वर कारागारबाट १० जना कैदी बन्दलाई रिहा गरिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ अनुसार देशभरका ५ सय २३ कैदीबन्दीहरुलाई आम माफी दिएका हुन । जलेश्वर कारागारमा रहेका ९ जना पुरुष र एक जना महिला कैदीबन्दी आइतबार घर फर्केका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१ असोज । धनुषाको कमला नगरपालिका ४ सघारासहित तराई मधेशमा आज ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गरिँदैछ । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दूको परम्परा छ । पर्वका अवसरमा आज यस भेगका मेसिरेनरी पार्ट्सका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्मा पूजनोत्सव विशेष समारोहबीच धार्मिक विधिबाट गरिँदैछ । पर्वका अवसरमा ज्यावलबाट सामान […]

न्यूजमधेश डेस्क जनकपुरधाम,३१ भाद्र । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्यहरुले आफूले गरिरहेको जागिरबाट राजीनामा दिनुपर्ने भएको छ । जनकपुरधाममा बसेको केन्द्रीय समितिको बैठकले आगामी असोज २१ गतेभित्र केन्द्रीय सदस्यहरुले आफ्नो जागिरबाट राजीनामा दिनुपर्ने निर्णय गरेको हो । उक्त समयसम्म नसके आगामी निर्वाचनसम्म जागिरबाट बिदा लिई आफ्नो जिल्ला वा केन्द्रीय सचिवालयको निर्देशन अनुसार […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ भाद्र । पश्चिम तराईका थारु समुदायमा धार्मिक एवं सास्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ। भदौ महिनाको कृष्णाष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आज अटवारी पर्व मनाउँदै छन्। यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगामा सल्लाको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ भाद्र। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं […]

धर्मेन्द्र कुमार साह रौतहट, २५ भाद्र। रौतहटको राजदेवी नगरपालिका ४ निवासी भिखारी साह ३ दिनदेखि जिल्ला प्रशासन कार्यालय गौरमा बुहारीको नागरिकता बनाउन भौतारिरहेका छन् । तर कागजी त्रुटिकै कारण उनको नागरिकता बन्न सकिरहेको छैन । उनको बुहारी गीता कुमारीको जन्मदर्ता प्रमाण पत्रमा बुवाको नागरिकता नम्बर फरक लेखिएकोले नागरिकता बन्न सकिरहेको छैन । उनको बुवा सत्यनारायण […]

न्यूजमधेश डेस्क कंचनपुर ,२४ भाद्र । महेन्द्रनगर बजारमा अवैधरूपमा रकम असुली गर्ने दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । अवैध असुलीमा संलग्न गोविन्द बिसी र सन्तोष भट्टलाई प्रहरीले महेन्द्रनगर बजारको गल्ली नं ४ मा रहेको साई मोबाइल केयर ग्यालरीबाट पक्राउ गरेको हो । दुवै जनाले नाइस टेलिभिजनको पत्रकार भन्दै रकम असुली गरेको प्रहरीले जनाएको […]