२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

समाज

मानव बेचविखनमा परेका ४१ महिलाको उद्धार

न्यूजमधेश सम्बादाता काठमाडौं ,५ श्रावण । नेपाल प्रहरीको मानव बेचबिखन अनुुसन्धान ब्यूरोले बन्दाबन्दीका समयमा नेपाल तथा भारतका विभिन्न स्थानबाट मानव बेचविखन तथा ओसारपसारमा परेका ४१ जनाको उद्धार गरेको छ । ब्यूरोको टोलीले बन्दाबन्दीको समयमा विभिन्न प्रलोभनमा परेर पीडित बनेका ४१ जनालाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समन्वयनमा उद्धार गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक […]

विमलबहादुर विष्ट डोटी, ५ श्रावण। तोकिएको समयमा पुल निर्माण नहुँदा जिल्लाको शिखर नगरपालिका र आदर्श गाउँपालिकाका स्थानीयलाई निकै सास्ती भएको छ । वर्षौँदेखि पुलको अभावमा यहाँका स्थानीयवासीले निकै समस्या भएको गुनासो गर्ने गरेका छन् । सामान्य कामका लागि आवतजावत गर्न पनि उनीहरुलाई घण्टौँ यात्रा गर्नुपर्ने अवस्था छ । निर्माण कार्य शुरु गरेको वर्षाँै बितिसक्यो तर […]

न्यूजमधेश सम्बादाता नवलपुर, ५ श्रावण। कोरोना कहरकै बीच आज श्रावणको पहिलो सोमबार पूजाआजा गर्न भक्तजन देवघाटधाम आएका छन् । देवघाट क्षेत्र विकास समितिले नदी स्नान र पूजाआजा गर्न आउनका लागि आह्वान गरे पनि नजीकका भक्तजन यहाँ आएका हुन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), चितवन र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाट धाममा तीनै जिल्लाका तीर्थालुको उपस्थिति देखिएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ साउन । बाढीबाट जनधनको क्षति न्यूनिकरण गर्नको लागि पूर्वी धनुषाको शहिद नगर नगरपालिकामा सुरक्षाकर्मीहरुले शनिबार पूर्वतयारी तथा प्रतिकार्य अभ्यास  गरेको छ  । युनिसेफको सहयोगमा लाइफ नेपालद्वारा शहिदनगर नगरपालिकामा बाढीबाट जनधनको क्षति न्युनिकरण तथा प्रतिकार्य अभ्यास कार्यक्रम गरिएको हो । लाइफ नेपालले उपलब्ध गराएको सामग्रीहरुको सहयोगका सुरक्षाकर्मीहरुले प्रतिकार्य अभ्यास गरेका थिए । सशस्त्र […]

न्यूजमधेश डेस्क काठमाडौं,३ साउन। विभिन्न मुलुकमा अलपत्र एक हजार १५५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानबाट छ शव पनि […]

न्यूजमधेश डेक्स वीरगञ्ज,३ साउन। पर्सामा एक महिलालाई बोक्सीको आरोपमा अर्धनग्न बनाई, मोसो र जुत्ताको माला लगाइदिएर गाउँ परिक्रमा गराइएको छ ।छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिलालाई गाउँलेले कुटपिट गर्दै पेटिकोटमै गाउँ परिक्रमा गराएका हुन् । जुत्ताको माला लगाइदिएर उनलाई गाउँ घुमाउँदा अन्य गाउँले तमासा हेरेर बसे । उनको देब्रे कुम, ढाड […]

विमलबहादुर विष्ट डोटी, ३ साउन। वर्षेनी सेती नदीको कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारिदाङका बस्ती उच्च जोखिममा परेको छ ।नदीले वर्षेनी धार परिर्वतन गर्दै स्थानीयका बस्ती भएर बग्न थालेका कारण यहाँका गाउँघर नदीले बगाउने भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ । वर्षात्को समय शुरु भएसँगै सेतीनदीमा पानीको बहाव पनि निकै बढेकाले […]

न्यूजमधेश डेस्क राजविराज ,३ असार । असार अन्तिम साता अविरल वर्षाका कारण आएको बाढीले सप्तरी र सिरहको करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको छ । रोपाइँ सकिनै लाग्दा शुरु भएको वर्षा र बाढीले सप्तरी र सिरहामा करिब दुई/दुई हजार धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ । केन्द्रको अध्ययन परीक्षण तथा तथ्याङ्क […]