१२ पुष २०८२, आइतबार
28-12-2025 , Sun
×

हिरासतमा मृत्युको घटना छानबिन गर्न संसदीय टोली धनुषामा

Logo
प्रकाशित मंगलबार, आश्विन १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१३ असोज ।धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न सङ्घीय सांसदको टोली आज धनुषा आइपुगेको छ ।

धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको हो ।प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको टोली आज धनुषा पुगेर सरोकारवालासँग छलफल शुरु गरेको छ ।देशका विभिन्न हिरासतमा मृत्यु भएको घटनाका स्थलगत अध्ययनका लागि केही दिनअघि सो समितिले छ सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

संसदीय अध्ययन समितिमा सांसद शेरबहादुर तामाङको संयोजकत्वमा उमाशंकर अरगरिया, पदमनारायण चौधरी र मीनबहादुर विश्वकर्मा, लालबहादुर थापा र समीमा हुसैन सदस्य रहेको छ ।समितिका पदाधिकारीले सबैलास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्रै मृत्यु भएका सदाको परिवारसँग आज छलफल गरेको थियो ।

समितिका सदस्य तथा धनुषाका सांसद समेत रहेका अरगरियाले मृतक सदाको घर पुगेर आफूहरुले उनकी आमा र श्रीमतीसहित छिमेकीसँग घटनाबारे जानकारी लिएको बताउनुभयो । टोलीले आजै नागरिक आन्दोलनका अभियन्ता, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्तासँग पनि सदाको मृत्युबारे जानकारी लिएको थियो ।

गत जेठ २७ गते सवारी ज्यान मुद्दामा पक्राउ परी इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा राखिएका सबैला­१२ निवासी २३ वर्षीय सदा प्रहरी कार्यालयकै शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा प्रकृति हेर्दा शम्भुको हत्या भएको उनको परिवार तथा अधिकारकर्मीहरुले आरोप लगाउँदै आएका छन् ।

समितिका पदाधिकारी मङ्गलबार धनुषाबाट टोली रौतहटतर्फ जाने सदस्य अरगरियाले बताउनुभयो । बुधबार इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा प्रहरीको यातनाबाट मृत्यु भएका विजय राम र रौतहटमै हत्या भएका निरञ्जन रामको परिवार तथा सरोकारवालालाई भेटेर घटनाको अध्ययन गरिने उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]