२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

महोत्तरीमा अवैध नदी उत्खनन रोक्न सामूहिक प्रतिबद्धता

Logo
प्रकाशित बिहिबार, आश्विन १५, २०७७

न्यूजमधेश सम्बादाता 
महोत्तरी,१५ असोज । नदीजन्य प्राकृतिक स्रोतसाधनको उत्खनन रोक्नका लागि महोत्तरीका जनप्रतिनिधि र प्रशासनिक निकायका प्रमुखले साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जिल्लाको सुदूर उत्तरवत्र्ती बर्दिवास नगरपालिका क्षेत्रका नदी र नदीउकास क्षेत्रमा भइरहेको उत्खनन् कार्यको अनुगमनपछि जनप्रतिनिधि र प्रशासनिक निकायका प्रमुखले यस्तो प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख, नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, सशस्त्र र नेपाल प्रहरीका जिल्लास्थित प्रमुख, डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख र सञ्चारकर्मीलगायत सहभागि हुनुहुन्थ्यो ।

“हामीले जिल्लामै सबैभन्दा बढी अबैध उत्खनन् भइरहेको गुनासो आउने बर्दिवास नगरक्षेत्रका नदी र नदीउकास क्षेत्रको संयुक्त अनुगमन ग¥यौं”, जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंहले भन्नुभयो, “अब सुदृढ इच्छाशक्तिसाथ अबैध दोहन रोक्न हामी सामूहिक प्रतिबद्धता गरेका छौं ।” मापदण्डविपरित भइरहेको उत्खनन् रोक्न सम्बन्धित स्थानीय तहले नियमन गर्ने र स्थानीय प्रहरी÷प्रशासनले उच्चतम समन्वय गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको उहाँको भनाइ छ ।

जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा नदी र नदीउकास बगरमा अबैध उत्खनन् गर्दै आएका ७० भन्दा बढी क्रसर उद्योग छन् । सङ्ख्यात्मक रुपले बर्दिवास, भङ्गहा अबैध दोहनको मुख्य थलो रहँदै आएको जिल्ला समन्वय समिति महोत्तरीले जनाएको छ । विशेषगरी जिल्लाका अधिकांशे क्रसर उद्योगहरु नियम र मापदण्डविपरित सञ्चालन हुँदै आएका छन् । “अधिकांश क्रसर उद्योग दत्र्ता नै भएका छैनन्, दत्र्ता भएका पनि नवीकरण गराएका छैनन्”, प्रमुख सिंहले भन्नुभयो, “अब स्थानीय तहले अनुगमन र नियमन प्रक्रियालाई तीब्रता दिनेछन्, सीङ्गो जिल्ला नेतृत्वको यस अभियानमा उच्च स्तरको सहयोग, समन्वय र सहकार्य हुनेछ ।”

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पनि अबैध उत्खनन् र ऐलानी पर्ति जमिनमा भइरहेको अतिक्रमण रोक्न स्थानीय तहसँगै प्रशासनिक निकाय पनि सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अनुगमनका क्रममा उत्खनन् र नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग भएका १० वटा गाडी नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया थालिएको उहाँको भनाइ छ । जल्लाका बर्दिवास, भङ्गाहा र गौशाला नगरक्षेत्रका नदी र नदीउकास क्षेत्रमा क्रसर उद्योगीले बनाएका अजङ्का खाल्डा अनुगमनका क्रममा भेटिएका छन् । भूगोल नै कुरुप बनाउने गरी हुँदै आएको अबैध उत्खनन् कार्य अब आफ्नो नगरक्षेत्रमा कडाइका साथ रोकिने बर्दिवास नगरपालिकाका प्रमुख बिदुरकुमार कार्कीले बताउनुभयो ।

जिल्लाको सुदूर उत्तरीक्षेत्रका नदीमा उत्खनन् तीव्र रुपमा बढ्दा नदीको धार परिवत्र्तन भई जिल्लाको मध्य र दक्षिणीक्षेत्रमा उव्जाउ जग्गा बालुवाले भर्दै आएको गुनासो विगत देखिकै छ । जिल्लाका जनप्रतिनिधि र प्रहरी प्रशासन प्रमुखले अबैध उत्खनन् रोक्ने प्रतिबद्धता जनाउनु राम्रो भएपनि यसको मूल्याङ्कन भने काम हेरेर मात्र गर्न सकिने बर्दिवास–१४ का सामाजिक, राजनीतिक कार्यकत्र्ता शङ्कर फुँयालको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]