२९ बैशाख २०८२, मंगलबार
13-05-2025 , Tue
×

प्रमुख समाचार

जटही नाकामा युवकको मृत्यु , प्रधानमन्त्री ओलीको विरुद्धमा प्रदर्शन गर्दै जनकपुर आउँदै

सिबेन्द्र रोहिता जटही,१४ जेठ। भारतबाट फर्केपछि खाना नपाएको कारण नेपाल भारत सीमाको जटही नाकामा धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको मृत्यु भएपछि नाकामा रहेका नेपालीहरु प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आउने भएका हुन् । भोकका कारण उनको मृत्यु भएपछि सयौँको संख्यामा नाकामा रहेका नेपालीहरु प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गर्दै […]

न्यूजमधेश सम्बादाता सप्तरी,१४ जेठ। जारी लकडाउनले जनता भोक भोकै मर्न लाग्दा समेत कञ्चनरुप नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्न चासो नदिएपछि मंगलबार गरिवहरुले नगरपालिका घेराऊ गरेका छन् । कञ्चनरुप नगरपालिकाले लकडाउन सुरु भएको तेस्रो साता एक पटक मात्रै राहत वितरण गरेको थियो । राहत वितरण गर्दा पनि अधिकाश वडाले १०÷१५ केजी चामल वितरण गरेको थियो […]

न्यूजमधेश सम्बादाता सिरहा ,१४ जेठ। प्रहरीको गस्ती टोलीले लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ स्थित सीमावर्ती क्षेत्रबाट एक युवकलाई पक्राउ गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागुऔषध र राजनिवाससहित सिरहा नगरपालिका १७ निवासी ४५ वर्षीय विजयलाल पासवानलाई सोमबार पक्राउ गरेको हो । पक्राउ परेका पासवानको […]

न्यूजमधेश सम्बादाता जलेश्वर ,१४ जेठ ।भारतबाट घर फर्कने क्रम बाक्लिएसँगै महोत्तरी जिल्लाका क्वारेन्टिन केन्द्र भरिभराउ भएका छन् । पछिल्ला पाँच दिनयता भारतबाट फर्कने बढ्दै गएसँगै यहाँका क्वारेन्टिन केन्द्रमा मानिस थपिने क्रम ह्वात्तै बढेको हो । यसअघि १९ क्वारेन्टिन केन्द्र रहेका जिल्लामा अहिले २५ थपेर ४४ पु¥याइएको छ । एक हजार ८४९ श्ययाका ४४ क्वारेन्टिनमा सोमबारसम्म […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१३ जेठ ।नेपालमा हालसम्म १५५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित लाइभ अपडेटमा १५५ जना संक्रमित निको भएर घर फर्किएको जानकारी दिएको हो । संक्रमितको संख्या ७७२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार नारायणी अस्पतालमा […]

मनोज मोरबैता जनकपुरधाम,१३ जेष्ठ। धनुषाको सबैला नगरपालिका १३ मा जग्गा सम्बन्धी विवादमा भएको कुटपिटबाट ३ महिलासहित ५ जना घाइते भएका छन् । यसमध्ये एक जनाको अवस्था गम्भीर छ । स्थानीय व्यक्तिले गरेको कुटपिटबाट नागेश्वर यादव, बिमल यादव, आरती देवी, हिरादेवी, सुभनीदेवी घाइते भएका छन् । घाइतेमध्ये नागेश्वर र बिमलको टाउको फुटेको छ । यसमध्ये नागेश्वरको […]

मनोज बनैता, सिरहा, १३ जेठ । ६४औं दिन देखि लागातारको लकडाउनमा मजदुर बिपन्न लाई चुल्हो बाल्न समेत अप्ठ्यारो परेको बेला लहानका एक समाजसेबी जोडीले अन्नदान लाई निरन्तरता दिएको छ । हाल सम्म उनीहरूले दुई सय क्विन्टल चामल , एक हजार लिटर खाने तेल लगायतका समग्री बितरण गरिसकेको समाजसेबी महेश चौधरीको दावी छ । निजि तथा […]

मनोज बनैता, सिरहा, १३ जेठ । देशैभर निकै चर्चा कमाएका महेश चौधरी र संगिता कर्माचार्यलाई लाहान २३ मा भव्य स्वागत गरिएको छ । लकडाउनभरी राहत सामग्री वितरण गरिरहने चौधरी र कर्माचार्यलाई लाहान २३ गाढाका प्रमेश्वर साहु गुप्ता र उनकी पत्नी पार्वती देवीले भव्य स्वागत गरेका छन । यी जोडीको कार्यलाई उच्च सम्मान गर्दै खाजा खुवाई […]