०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

स.म जोडीले २ हजार भन्दा बढी विपन्नलाई दिए अन्नदान

Logo
प्रकाशित मंगलबार, जेठ १३, २०७७

मनोज बनैता, सिरहा, १३ जेठ । ६४औं दिन देखि लागातारको लकडाउनमा मजदुर बिपन्न लाई चुल्हो बाल्न समेत अप्ठ्यारो परेको बेला लहानका एक समाजसेबी जोडीले अन्नदान लाई निरन्तरता दिएको छ । हाल सम्म उनीहरूले दुई सय क्विन्टल चामल , एक हजार लिटर खाने तेल लगायतका समग्री बितरण गरिसकेको समाजसेबी महेश चौधरीको दावी छ ।

निजि तथा केहि सहयोगी हातहरुको आर्थिक योगदानले यस अभियानमा सफलता पाईएको समाजसेवी जोडी द्वय महेश चौधरी र संगिता चौधरीले स्विकारेका छन । उनिहरु लहान नगरपालिकाका वडा नम्बर – १ देखि –२४ सम्मका बिपन्न परिबारको घरमा अन्नदान गर्न पुगेको स्थानीय बताउँछन् ।

करिब २ हजार बिपन्न परिवारलाई प्रति परिवार १० किलो चामल , १ किलो नुन , आधा लिटर खानेतेल , सोयाबिन लगायतका दैनिक उपभोग्य सामग्रीहरु वितरण गरेको समाजसेवी कर्माचार्यले बताईन । अमेरिका र अस्ट्रेलियामा बसेका उनका छोराछोरीले भने आर्थिक सहयोग गरिरहेको समेत उनले भनिन ।

यसैबिच सोमबार सिरहाको लहान नगरपालिका वडा नम्बर –२३ मा ५० घर बिपन्न परिबारलाई राहत बितरण गरेको खबर छ । गाढा टोलका मल्लिक , सदा , चौधरी लगायतका बिपन्न परिवार मजदुरहरुलाई राहत दिईएको हो । आईतवार वडा नम्बर– १२ जटीयाही टोलका ३५ घरपरिबार बिपन्नहरुलाई राहत दिईएको थियो । राहतमा प्रतिपरिबार १० किलो चामल , १ किलो नुन , आधा लिटर खानेतेल , २५० ग्राम सोयाबिन लगायतको राहत सामग्री दिईएको उनिहरुले जनाए ।

निरन्तर राहत बितरण गरेको भन्दै उनिहरु लाहान २३मा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापती दिनेश्वर प्रसाद गुप्ताका आमा वुवाबाट उनिहरु सम्मानित भएको हो । प्रमेश्वर साहु गुप्ता र पार्बती देबी बनिया बाट जाडीद्धय सम्मानित भएको उनका कान्छो छोरा (पत्रकार) बिरेन्द्र प्रसाद नेपालले जनाए । मधेशी गम्छा ओढाएर उनिहरुले जोडीद्धयलाई सम्मान गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

जनकपुरधाम । गृहमन्त्री तथा राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम आइपुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल आइपुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरु स्वागत गरेका हुन् । विमानस्थलबाट उनी सिधा होटल सिताशरण पुगेका छन् । बुधवार तीनै सुरक्षा निकायका अधिकारीहरुसंग प्रदेशको सुरक्षा अबस्थाबारे उनी छलफल गर्ने कार्यक्रम छ । यस्तै […]

बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ। उनको आम्दानीको स्रोत नै खेतबारी हो। टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्। कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन्। उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्। “मेरो जागिर भने पनि रोजगारी भने पनि […]