२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

जटही नाकामा युवकको मृत्यु , प्रधानमन्त्री ओलीको विरुद्धमा प्रदर्शन गर्दै जनकपुर आउँदै

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

सिबेन्द्र रोहिता

जटही,१४ जेठ। भारतबाट फर्केपछि खाना नपाएको कारण नेपाल भारत सीमाको जटही नाकामा धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ का ३० वर्षीय विरेन्द्र यादवको मृत्यु भएपछि नाकामा रहेका नेपालीहरु प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आउने भएका हुन् ।

भोकका कारण उनको मृत्यु भएपछि सयौँको संख्यामा नाकामा रहेका नेपालीहरु प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आइरहेका छन् ।

भारतमा रहेको समय करिब १५ दिनदेखि चिउरा मुरही खाएको र जटही नाकामा आइसकेपछि राति छिर्न नदिएपछि सो युवकको भोकको कारणमृत्यु भएको हो । मृतक यादव अहमदाबादमा होटलमा कुकको काम गर्दै आएका थिए ।

जटही नाकाबाट करिब ३ सय नेपाली लाठी, भाटा प्रदर्शन गर्दै जनकपुरधाम तर्फ आइरहेका छन् । प्रर्दशनको क्रममा उनीहरूले ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । जटही नाकामा रहेको समय नेपाल सरकारले खानाको व्यवस्था नगरेको र खाना नपाएर एकजनाको मृृत्यु भएपछि त्यसको आक्रोशमा ती नेपालीहरु जटही नाकाबाट प्रदर्शन गर्दै जनकपुरधाम आइरहेका छन् ।

आक्रोशितहरुको भीडलाई प्रहरीले समेत रोक्न सकेको छैन। उनीहरु पत्रकारविरुद्ध समेत प्रदर्शन गर्दै यता तर्फ आइरहेका छन् । पत्रकारहरुले आफुहरुको बारेमा समाचार सम्प्रेषण नगरेको भन्दै पत्रकार विरुद्ध समेत पर्दशन गर्दै जनकपुरधाम तर्फ उनीहरु आइरहेका छन् ।

यसैबीच उनीहरु सुरक्षा घेरा समेत तोडदै जनकपुरधाम तर्फ आईरहेका उनीहरुलाई अहिले धनुषाको नगराइनमा ठुलो संख्यामा प्रहरी परिचालन गरि रोकिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले बताए ।

सहायक प्रजिअ पोखरेलका अनुसार स्थानीय प्रशासनले उनीहरुलाई सो नाकाबाट नेपाल भित्र्याउनका लागि बिहान १० बजे र साँझ ६ बजे बस सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएपनि उनीहरुले आफुहरुलाई तत्कालै घर पुर्याउनुपर्ने अडानमा थिए ।

भारी संख्यामा सिमानाकामा अलपत्र परेका उनीहरूलाई गन्तव्यसम्म पुर्याउन स्थानीय प्रशासनले अहिले ३ वटा बस पठाएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]