१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

राष्ट्रिय

गृहमन्त्रीलाई डा.सीके राउतको प्रश्न: क्याबिनेट मन्त्रीलाई नै हिरासतमा लिने यो कस्तो गणतन्त्र ?

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं हिरासतमा पुगेर छुटाएका छन् । आज माइतीघर सांस्कृतिक प्रदर्शन गर्न खोज्दा पार्टी अध्यक्ष डा.सीके राउत,संघीय मामिला तथा समान्य प्रशासन मन्त्री अनिता देवी साह,उपभोक्ता समितिका सभापति अब्दुल खानसहित ५३ जना नेताकार्यकर्ताहरु पक्राउ परेका थिए। गृहमन्त्रीको रोहबरमा हिरासतमुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै राउतले राज्यले आफूहरुमाथि विभेद […]

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले अनसन थालेकी छन् । जनमत पार्टीको ‘राष्ट्रिय धोती दिवस’ को र्‍यालीमा र्‍याली निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि अनितासहितका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिन, पक्राउ परेकाहरूलाई छाड्नुपर्नेलगायतका माग राखेर मन्त्रीले अनसन थालेको जनमतका प्रवक्ता डा. […]

काठमाडौं । धोती दिवस मनाउन माइतीघरमा भेला भएका सयौं मधेशीलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सेतो धोती लगाएर माइतीघरमा भेला भएका सयौं मधेशीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, उपाध्यक्ष अब्दुल खान, दिपक साह, प्रवक्ता डा. शरद सिंह यादव, राष्ट्रिय सचिव बीपी साहलगायत छन् । उनीहरुलाई […]

काठमाडौं । शुक्रबार वैदेशिक रोजगारीमा जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएका कारण युवाहरू आक्रोशित हुँदै आन्दोलनमा उत्रिए । ग्वार्कोस्थित ईपीएस कार्यालयमा जम्मा भएका युवाहरूले सडक अवरुद्ध पारे । त्यसक्रममा उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी रोके र आगजनी गरे । गाडी जलेको केही समयपछि प्रहरीको गोली चल्यो । […]

काठमाडौं । संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन माग राखिरहेका सातै प्रदेशका मुख्यमन्त्रीले आज (शनिबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएका छन्। संघीयताको प्रावधानअनुरूप केन्द्र सरकारले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण नगरेको भन्दै एकताबद्ध भएका सातै प्रदेशका मुख्यमन्त्रीले शुक्रबार हेटौँडामा भेला भई छलफल गरेका थिए। त्यसपछि आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर […]

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा दुई जना युवकको मृत्यु भएको छ। बा २ झ ५८६१ नम्बरको गाडीमा शुक्रबार इपिएस परीक्षार्थीले आगजनी गरेका थिए।सो क्रममा बालकुमारी-ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो झडपसमेत भएको थियो। करिब २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश […]

काठमाडौँ। आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा भएको छ । मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो । आचार्य मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा भएका हुन् । सल्यानको सिडिओमा मन्त्रालयमा कार्यरत शम्भु प्रसाद रेग्मीलाई पठाइएको […]

काठमाडौं । गत वर्ष पुस १० मा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएको छैटौं दिनमा चितवनस्थित नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहमा सम्बोधन गर्दै पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको बताएका थिए। ‘तपाईंहरुलाई थाहा छ, मैले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने भनेको छु। म […]