२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, राजीनामा दिन बालुवाटार जाँदै मन्त्रीहरु

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टी अध्यक्ष एवम संसदीय दलका नेता राईले प्रधानमन्त्री प्रचण्डलाई पत्राचार गर्दै आफ्नो दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार शुक्रबारदेखि नै लागू हुनेगरी फिर्ता लिएको जानकारी गराएका हुन् ।

साथै जसपाले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पनि पत्राचार गर्दै आफ्नो दलले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको र वर्तमान सरकारको प्रतिपक्षमा बस्ने निर्णय भएको जानकारी गराइसकेको पार्टीका महासचिव मोहम्मत इस्तियाक राईले नेपाल प्रेसलाई जानकारी दिए ।

राई नेतृत्वको जसपाबाट अहिले स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदिव यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खान रहेका छन् ।

३ जनामध्ये २ जना मन्त्री प्रधानमन्त्रीलाई राजिनामा बुझाउन गइसकेको र राज्यमन्त्री खान बाँकेको नेपालगञ्जमा रहेका कारण बिद्युतीय माध्यमबाट राजिनामा बुझाउने महासचिव राईले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]