१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

मुख्यमन्त्री सतिशलाई विश्वासको मत दिन एमालेको ह्विप जारी

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, आषाढ २१, २०८१

जनकपुरधाम । नेकपा एमालेले मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहलाई विश्वासको मत दिन आफ्ना सांसदमाथि ह्विप जारी गरेको छ ।

प्रदेश सभाबाट शनिबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री सिंहको पक्षमा मतदान गर्न एमालेले ह्विप जारी गरेको हो ।

मधेस प्रदेश एमाले संसदीय दलका नेता एवं भौतिक मन्त्री सरोजकुमार यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका हुन् ।

केन्द्रको सहमति अनुसार मधेसमा आफ्नो दलले मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई विश्वासको मत दिने यादवले बताए ।

तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि जनमत पार्टीका सिंह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार सिंहले शनिबार विश्वासको मत लिन लागेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]