०१ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणाली

जनकपुरधाम । धनुषा जिल्ला अदालतले आजदेखि स्वचालित पेसी प्रणाली लागू गरेको छ । अदालतले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा शीघ्र न्याय सम्पादनका कार्य पूरा गर्न स्वचालित पेसी प्रणाली लागू गरिएको न्यायाधीश चुडामान खड्काले बताउनुभयो । यसअघि, सर्वोच्च तथा उच्च अदालतमा स्वचालित पेसी प्रणाली लागू भइसकेको छ । साथै आजदेखि पारिवारिक इजलास सञ्चालन भएको उहाँले […]

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित फूलबारी टोलकी प्रतिमा महतो पटक–पटक आफ्नो पति जवाहीर महतोलाई सम्झेर भक्कानिएर रुँदै आइरहनुभएको छ। उहाँको पति जवाहीर महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रिबस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर बेपत्ता भएको खबर सुनेसँगै प्रतिमाको अवस्था भने झन्झन् नाजुक बन्दै गइरहेको छ […]

रौतहट । रौतहटस्थित वाग्मती नदीमा बेपत्ता बालकको शव आज प्रहरीले फेला पारेको छ । सोमबार वाग्मती नदीमा डुबेका तीन बालकमध्ये दुईको उद्धार गरिएको थियो । एक बेपत्ता थिए । गढिमाइ नगरपालिका–३ लक्ष्मीपुर बस्ने हकुदिन कवाडीको छोरा अन्दाजी वर्ष १० को सफर कवाडीको शव गढीमाई नगरपालिका–७ धर्मपुरस्थित बेपत्ता भएको स्थानबाट तीन किमी दक्षिण नदी किनारमा फेला […]

जनकपुरधाम। मधेस प्रदेश सरकारले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताएका हुन् । ‘दुर्घटनामा परी ज्यान गुमाउने मधेसका जिल्लाका पीडित परिवारलाई राहत […]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद […]

जनकपुरधाम । महोत्तरी प्रहरीले एक पेशेबर डकैतलाई गोली हानेर समात्न सफल भएको छ । भारतीय सिमासँग जोडिएको तथा महोत्तरी र सर्लाहीको सिमामा पर्ने खैरनी भन्ने ठाउँबाट डकैत विजेन्द्र पासवान पक्राउ परेका हुन् । लुकीछिपी बसेको अवस्थामा पक्राउ गर्न प्रहरी जाँदा उनी भाग्न खोजेका थिए । सो क्रममा प्रहरीले एक राउण्ड गोली चलाएको छ । सर्लाहीको […]

जनकपुरधाम ।मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेशसभाको बैठकबाट सर्वसम्मतिले पारित गरेको छ । आईतबार बसेको प्रदेश सभाको बैठकमा विनियोजन विधेयक माथि मन्त्रालयगत छलफल तथा त्यसपछि मन्त्रीहरूको जवाफ आएपछि मुख्यमन्त्री सतिश कुमार सिंहले पारित गर्नका लागि प्रस्ताव गरेपछि सभामुख रामचन्द्र मण्डलले प्रदेश सभामा निर्णयार्थ पेश गर्दा विनियोजन विधेयक २०८१ सर्वसम्मतले […]

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटका सम्बन्धमा उठेका सवाल छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ । मधेश प्रदेशसभाको आजको बैठकमा सभामुख रामचन्द्र मण्डलले बजेटका सम्बन्धमा उठेका सवालबारे आवश्यक छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय भएको बताए । उनले समितिको जिम्मेवारी निर्धारणका लागि मुख्यमन्त्री सतिशकुमार […]