कोहलपुर । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)ले सुरु गरेको चौथो दिनको यात्रा बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । सोमबार कोहलपुरमा आयोजित कार्यक्रममा स्थानीयको सहभागितामा सांस्कृतिकलगायत विभिन्न प्रस्तुति दिइयो । लुम्बिनी प्रदेशमा युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमबारे जानकारी दिन कपिलवस्तुको वाणगङ्गाबाट सुरु भएको यात्रा बुटवल र […]
टीकापुर । लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् । भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका तीन सय १३ परिवार विस्थापित भएका […]
वीरगञ्ज । पर्सा प्रहरीले बिलबिजनक नभएको रु एक करोड ८९ लाख ५० हजार छ सय २२ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेका दुई वटा ट्रकबाट हार्डवेयर र मोटरपार्टस् बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक […]
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको बताए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त अवधिमा […]
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले देशका लागि अनुशासित, सभ्य तथा सु–संस्कृत नागरिक तयार गर्न विद्यालय तहबाट नै खेलकुदको विकासमा लाग्नुपर्ने बताएका छन् । उनले त्यसका लागि प्रदेश सरकारले खेलकुद ऐन बनाउने तयारी गरेको बताए । ओलम्पिक दिवस २०२४ का अवसरमा मधेस प्रदेश स्पोर्टस फर अल कमिसनद्वारा सञ्चालन भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा विजयी खेलाडीलाई […]
नवलपुर । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिनुभयो । “वर्षातमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात […]
लमजुङ । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुनुहुन्छ । घिमिरेलाई यतिबेला पितृशोक परेको छ । घिमिरेले जनताको सेवामा समस्या नपरोस् र आर्थिक वर्षको अन्तिम समयमा भएकाले कार्यालयको काम कारबाहीमा कुनै असर नपरोस् भन्ने ध्येयले घरमा किरिया बसेकै कोठाबाट काममा गरिरहनुभएको छ । यही असार १९ गते उहाँका बुबा दुर्गाभक्त घिमिरेको […]
वीरगञ्ज । प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा आज वीरगञ्जमा सम्पन्न भएको छ । गहवामाई मन्दिरको प्राङ्गणबाट आज विहान साढे ६ बजे प्रारम्भ भएको रथयात्रा नगरका विभिन्न प्रमुख स्थानहरु घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान लगायतका ठाउँको परिक्रमा गर्दै पुनः गहवामाई मन्दिरमा पुगेर टुङ्गिएको थियो । […]