११ कार्तिक २०८२, मंगलबार
28-10-2025 , Tue
×

नेपाल–भारत सीमाको १०५ नम्बर ‘पिलर’ कटानको उच्च जोखिममा

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ २६, २०८१

टीकापुर । नेपाल–भारत सीमा क्षेत्रमा कैलालीको टीकापुर–९ खक्रौलामा रहेको १०५ नम्बर पिलर कटानको उच्च जोखिममा परेको छ । मोहना नदीले कटान तीव्र पारेपछि सीमा पिलर जोखिममा परेको हो ।

सीमामा रहेको पिलर नदी कटानको जोखिममा परेपछि स्थानीय चिन्तित भएका छन् । सो नम्बरको पिलर भत्काउन ५० फिट पनि बाँकी नरहेको बताइएको छ ।

मोहना नदीले पिलर बगाउने स्थिति भयो भने दुई दर्जन परिवार विस्थापित हुने र सयौँ बिघा जमिन नदीमा परिणत हुने स्थानीय बताउँछन् ।

भारत र नेपालको सीमामा पर्ने १०५ नम्बर पिलर मोहना नदीले बगाउने जोखिम रहेको स्थानीयवासी खड्ग धामीले जानकारी दिए ‘पिलर बगाएपछि समस्या हुन्छ’, उनले भने, ‘स्थानीय जनता आफ्नो जमिन बग्ने र भारततर्फ जाने हो कि भन्ने चिन्तामा छन् ।’

पिलर जोखिममा देखिएपछि टीकापुर नगरपालिकाले विपद् कोषको बजेटबाट बोल्डर हाल्ने (ठूला ढुङ्गाको तटबन्ध गर्ने) निर्णय गरे पनि काम भने हुन सकेको छैन ।

बोल्डर हाल्न उपभोक्ता समिति गठन भए पनि निर्माण व्यवसायीले काम गर्न नमानेको समितिका अध्यक्षका धिरेन्द्र थापाले जानकारी दिए ।

अध्यक्ष थापाले पिलर जोखिममा रहेको हुँदा कम्तीमा पाँच–छ ठाउँमा बोल्डर हाल्ने हो भने केही राहत हुने बताए ।

वडा कार्यालयले तटबन्ध गर्नुको साटो नदी किनारको बाटोमा कालोपत्र सडक निर्माण गरेर बजेट सकाएको स्थानीयले गुनासो गर्दै आएको पनि उनको भनाइ छ ।

‘१०५ नम्बर पिलर जङ्गे पिलर हो नेपाल र भारतका सीमाविद्हरूले यो पिलर सार्ने प्रयास गरेका हुन् हामीहरूले दिएनौँ’, स्थानीय शिक्षक अनिल कोइरालाले भने, ‘पिलर सार्दा नेपालतर्फको भूमि गुम्न सक्ने जोखिम हुन्छ ।’

उनले १०३ नम्बर पिलर नेपाल–भारत सीमा नजिक रहेको मोहना पुल नजिक रहेको बताए ।

तत्कालीन राजा महेन्द्र शाहको पालामा त्यस क्षेत्रको बस्ती पनि बसाउने गरी भारतीय पूर्वसैनिकलाई बसालिएको स्थानीयको भनाइ छ । केही परिवार अझै त्यहाँ बसिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]