१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

कोशी

बिर्तामोड नगरले बनायाे पाँच वर्षे आवधिक योजना

न्यूजमधेश डेस्क झापा,४ असार । झापाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ । स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिध आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वनजङ्गल, पर्यटन, व्यापार–व्यवसायलगायतका विविध पक्षलाई समेटेर पाँच वर्षे आवधिक योजना निर्माण गरेको […]

न्यूजमधेश डेस्क इनरुवा,२९ जेष्ठ । सुनसरीको कोसी गाउँपालिका–५ मा आज सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ घाइते भएका छन् । मृत्यु हुनेमा कोसी–७ का पैदलयात्री १८ वर्षीय श्रवणकुमार मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । को २ च ३९९२ नम्बरको जिपले पैदल हिँडिरहेका मेहतालाई ठक्कर दिई मेहता गम्भीर […]

युवराज आचार्य झापा ,२९ जेष्ठ । झापाको मेचीनगर नगरपालिकामा नदी दोहनमा रोक लगाइएको छ । सरकारले प्रत्येक बर्ष बर्खा लागेसँगै देशभरका नदिबाट असार १ गतेदेखि तीन महिनासम्म नदिजन्य सामाग्रीहरू बन्द गर्दै आएको छ । तर, मेचीनगरमा नवनिर्वाचित जनप्रतिनिधि आउने बित्तिकै जेठमा नै निन्दा, टिमाई र हडिया नदिको उत्खननमा रोक लगाएको हो । विगत बर्षहरूमा नदि […]

न्यूजमधेश डेस्क झापा ,८ जेष्ठ । झापाको गौरीगन्जमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशी विजयी भइन् भने उपाध्यक्षमा एमालेकी पूजन न्यौपाने कुँवर विजयी भइन् । फूलवती ०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाका बाबुराजा श्रेष्ठसँग पराजित भएकी थिइन् । यसपटक श्रेष्ठ तेस्रो स्थानमा पुगे । फूलवतीले ५ […]

न्यूजमधेश डेस्क विराटनगर,७ जेष्ठ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन्। गठबन्धनबाट साझा उमेदवार बनेका नागेशले ३० हजार १ सय ७० मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले २१ हजार ४ सय ५५ मत पाए। यस्तै स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ८७९५ मत पाए। राप्रपाका प्रल्हाद प्रसाद साहले ५२१६ मत […]

न्यूजमधे डेस्क विराटनगर ,५ जेष्ठ । विराटनगर महानगरपालिका वडा नम्बर १४ मा सूर्य नारायण महतो निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको वडा भनेर चिनिने यो वडामा उनकै पार्टीले पराजय बेहोरेको हो । नेकपा एमालेका सूर्यनारायण महतोले १२१५ मत ल्याउँदा जसपाका बलदेव यादवले ७८२ मत प्राप्त गरेका हुन् ।

न्यूजमधेश डेस्क काठमाडौं,८ चैत्र । मोरङ जिल्लाकाे लेटाङमा आइतबार स्थानीयको आक्रमणमा परी महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू आज (मंगलबार) पनि जारी रहेको छ । लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ का सबै क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ चैत्र। शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विवादमा झडप हुँदा मोरङको लेटाङमा एक महिला प्रहरी जवानको हत्या भएको छ । प्रर्दशनकारीको आक्रमणमा छुरा प्रहारबाट गम्भीर घाइते उर्मिला श्रेष्ठको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीले पुष्टि गरेको छ । विवादमा प्रर्दशनकारी र प्रहरीबीच झडप भएको र प्रहरीले भीड नियन्त्रणका लागि गोली […]