१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

धूप बनाउने तालिम सम्पन्न

Logo
जयकृष्ण यादव प्रकाशित मंगलबार, पुष १०, २०८०

सुनसरी। सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दवासनि दाहाल दिदीबहिनी समूहको आयोजनामा धूप बनाउनेसम्बन्धी एकदिने तालिम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष विनीता दाहालका अनुसार इनरुवा नगरपालिका–३ र ५ नम्बर वडाका दाहाल गृहिणी दिदीबहिनी महिलाहरुलाई व्यावसायिक बनाउन धूप बनाउने तालिम प्रदान गरिएको छ । इनरुवाका दुई वटा वडाका ४० जना गृहिणी महिलालाई धूप बनाउने तालिम दिइएको दाहालले जानकारी दिनुभएको छ ।

तालिमको समापनको अवसरमा कार्यक्रममा बोल्नुहुँदै संस्थाका अध्यक्ष विनीता दाहालले सहभागीहरुलाई सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने सुझाव दिनुभयो । घरमा आफ्नो आवश्यकता पूर्ति गर्न, फजुल खर्च बचाउन र बढी उत्पादन गरेर बिक्री गरी केही आम्दानी गर्ने उद्देश्यका साथ तालिम दिएको बताउनुभयो ।

उहाँले समूहमा लगानी गरी धूप बनाउन सल्लाह दिनुहुँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रशिक्षकले व्यवसायमा लागेर कुनै सहयोग आवश्यक परेमा आफूले सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

तालिमले आफूहरुलाई व्यावसायिक बन्न उत्प्रेरणा दिएको सहभागीहरुले बताएका छन् । तालिममा सहभागी मञ्जु दाहालले गाउँगाउँ टोलटोलमा बसेर समय खेर फाल्नुभन्दा घरमै बसेर कागज र धूपका सामग्रीहरु राखेर धूप बनाउने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]