न्यूजमधेश सम्बादाता सर्लाही ,२२ भदौ । किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने […]
न्यूजमधेश सम्बादाता गौर,२२ भदौ । नेपाली कांग्रेस रौतहटका युवा नेता नितेश कुमार गुप्ताले नेकपाको सरकार पूर्ण रुपमा असफल र भ्रस्टाचारमा चुर्लुम्म भएको आरोप लगाएका छन् । आइतवार रौतहट जिल्लाको सदरमुकाम गौरस्थित रिपोर्टर्स क्लव नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै युवा नेता गुप्ताले संघीय सरकार मुलुकमा भैरहेको हत्या हिसां बलात्कार, भ्रष्टाचार रोक्न असफल भएको टिप्पणी समेत गरे । […]
न्यूजमधेश सम्बादाता सर्लाही ,२१ भदौ ।जिल्लामा निषेधाज्ञाका समयमा पनि नदी दोहन निरन्तर भइरहेको छ । खाद्यान्न तथा दैनिक अतिआवश्यक वस्तु, फलफूल, तरकारी, दूध र दुग्ध पदार्थ मात्र ओसारपसार गर्न छुट दिइएका अवस्थामा जिल्लाका विभिन्न नदीबाट निर्बाधरूपमा नदी दोहन भइरहेको बताइएको छ । असार, साउन र भदौमा नदीजन्य पदार्थ निकासी पैठारी गर्न नमिल्ने भए पनि ‘के […]
न्यूजमधेश सम्बादाता सर्लाही, २१ भदौ ।लकडाउन तथा निषेधाज्ञाका समयमा बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ । यस खण्डमा १५ साना तथा ठूला पुल निर्माण भइरहेको छ । बर्दिबासबाट सिमरासम्मको १०८ किलोमिटरमध्ये बर्दिबासबाट रौतहटको गुजरा नगरपालिकासम्मको ७० किलोमिटरमा […]
न्यूजमधेश सम्बादाता महोत्तरी ,२१ भदौ । कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी बल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवास (महोत्तरी) ले जनाएको हो । […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ भदौ । लकडाउन अबधिमा हत्या, बलात्कार र उत्पीडनको बिरोधमा शनिबार दलित सभा सम्पन्न भएको छ । प्रदेश २ भित्र प्रहरी हिर ासतमा ज्यान गुमाएका शम्भु सदा, खानाको अभावमा ज्यान गुमाएका मल्लर सदा ,राजु सदा तथा बिजय राम र निरन्जन रामको परिवारजनको लागि न्याय माग्दै धनुषाको सबैलामा उक्त सभा सम्पन्न भएको हो […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० भदौ । प्रदेश नं २ मा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या एक सय पुगेको हो । यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहाबाटमा आठ÷आठ, रौंतहटमा पाँच, सर्लाहीमा […]
न्यूजमधेश सम्बादाता रौतहट ,२० भदौ । रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न लाग्दा बिहीबार प्रहरीले ललितपुरको पुल्चोकमा हस्तक्षेप गरेको विरोधमा रौतहटमा प्रदर्शन भएको छ । कोरोना भाइरसको महामारीकाबीच रथयात्रा गर्न खोजिएपछि प्रहरीले पुल्चोकमा हस्तक्षेप गर्दै रथ नियन्त्रणमा लिएको थियो । सोक्रममा झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए । उक्त घटनाको नेपाल विश्व हिन्दु महासंघ […]