०५ मंसिर २०८२, शुक्रबार
21-11-2025 , Fri
×

पुजारी हत्याको सीआईवी जाँचको माग

Logo
प्रकाशित सोमबार, भाद्र २२, २०७७

न्यूजमधेश सम्बादाता
गौर,२२ भदौ । नेपाली कांग्रेस रौतहटका युवा नेता नितेश कुमार गुप्ताले नेकपाको सरकार पूर्ण रुपमा असफल र भ्रस्टाचारमा चुर्लुम्म भएको आरोप लगाएका छन् ।

आइतवार रौतहट जिल्लाको सदरमुकाम गौरस्थित रिपोर्टर्स क्लव नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै युवा नेता गुप्ताले संघीय सरकार मुलुकमा भैरहेको हत्या हिसां बलात्कार, भ्रष्टाचार रोक्न असफल भएको टिप्पणी समेत गरे ।

गुप्ताले भने देश कोरोनाको कहरबाट गुज्रिरहेका छन सतापक्ष लुटमा मस्त रहेका छन । कोरोनाको प्रकोपवाट आम नेपाली जनता पिडित रहेको अवस्थामा केन्द्र सरकार , प्रदेश सरकार र स्थानिय सरकार जनताको समस्या बुझन नसकेको गुनासो गरे ।

रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नं.२ खेसरहियामा रहेको हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्यामा सतापक्षको एक स्थानिय नेताले घटनामा संलग्न रहेका दोषीलाई जोगाउन र निर्दोषलाइ झसाउने सडयन्त्र गरि रहेकोले दोषीलाई कानुनी दयारामा ल्याउन घटनाको सिबीआइवाट छानविन गराउनु पर्ने नेपाल सरकार सित माग समेत गरे ।

लेकतान्त्रिक अपाग संघ रौतहटका जिल्ला अध्यक्ष समेत रहेका गुप्ताले कोरोनाको बहानामा गरिएको अनियमिताको छानवीन समेत गरिनु पर्ने धारणा राखे । लोकतन्त्रमा जनता सर्वोपरि हुने भएकोले बेरोजगार युवालाई रोजगारी तथा गरिव निमुख्खा जनतालाई अविलम्ब राहतको व्यवस्था गर्नु पर्ने नेपाल सरकारको ध्यानाकार्षण गराउने भयो ।

विगत केही दिन देखि रौतहटमा उतपन्न भएको असहज परिस्थतिको जिम्मेवार संघिय सरकार नै भएको भन्दै सरकारको कडा आलोचना गर्दै शान्ति सुरक्षाको प्रत्याभुति गराउन समेत माग गरे । रौतहट जिल्लामा नया आउनु भएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको कार्य शैली आम नागरीकको हितमा रहेको देखेर षडयन्त्रकारी शक्तिले असफल बनाउने गरेको षडयन्त्र कुनै पनि हालतमा सफल नहुने दावी समेत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]