३० कार्तिक २०८२, आइतबार
16-11-2025 , Sun
×

मधेस

मिथिलामा मधुश्रावनी पर्वको रौनक

प्रभाषचन्द्र झा जनकपुरधाम ,७ श्रावण । मिथिलाञ्चलमा मधुश्रावणी पर्वको रौनक छाएको छ । धार्मिक एवम् सांस्कृतिक पहिचान बोकेका यो पर्वलाई नवविवाहिताले अपार श्रद्धाका साथ उल्लासमय वातावरणमा मनाइरहेका कारणले रौनक छाएको हो । मौना पञ्चमी तिथिबाट शुरु भई साउन कृष्णपक्षको तृतीया तिथिमा विधिवतरुपमा यो पर्व बिहीबार सम्पन्न हुनेछ । यस पर्वका अवसरमा लगातार तेह्र दिनसम्म दाम्पत्य […]

न्यूजमधेश डेस्क सर्लाही,७ श्रावण । जील्लाका टाटासुमोले लकडाउन खुकुलो बनाइएको मौकामा तेब्बर बढी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । जिल्लाको लालबन्दीलगायत पूर्वपश्चिम लोकमार्गका केही ठाउँबाट चर्को भाडा लिएर टाटासुमो तथा ठूला यात्रुबसले यात्रुलाई काठमाडौँ, पोखरा लाने÷ल्याउने गर्न थालेका हुन् । टाटासुमोले यात्रुसँग रु दुई हजार ५०० देखि तीन हजारसम्म भाडा लिइरहेको पाइएको हो […]

न्यूजमधेश डेस्क राजविराज ,६ श्रावण । लगातार वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । सप्तकोशीमा पानीको बहाव यसै वर्षकै उच्च बनेको छ । मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले […]

न्यूजमधेश डेस्क राजविराज ,५ श्रावण। दुई दिनदेखि लगातार परेको मुसलधारे वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा वडा डुबानमा परेका छन् । जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ स्थित बेलही, वडा नं. ४ र ५ मा रहेको बनरझुला गाउँ पूर्णरुपमा डुबान भएको गाउँपालिका विपद् व्यवस्थापन […]

रंजित चौरसिया वीरगंज ४ श्रावण। जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसाता देखी श्रावण महिनाको पहिलो साता सम्ममा अबैध रुपमा तस्करहरुले लत्ताकपडा, सर्टिङ सुटिङ, हाडवेयर, मरिच, मोटर, छोहडा लगाएतको अवैध समानहरु, भंसार छलेर नेपाल भित्रयाउदै गरेको ४ करोड ६८ लाख ८८ हजार ८ सय ९४ रुपैया बराबरको सामान पक्राउ गरी भंसारमा बुझाएको छ । त्यसैगरी […]

न्यूजमधेश सम्बादाता सर्लाही, ५ साउन ।आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्कलगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन । निरन्तर वर्षा भइरहँदा जिल्लाका […]

न्यूजमधेश डेक्स महोत्तरी, ५ साउन ।क्रसर उद्योगले जथाभावी बनाउने ठूलाठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् । महोत्तरीको बर्दिवास–१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ । बर्दिवास–१४ कै अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय कन्हैया भनिने रोशन मिश्रको गहिरो खाल्डोको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । दुई […]

अभिमनु कुमार पटेल रौतहट, ५ श्रावण । पुरुषोतम मर्यादा भगवान श्रीरामको जन्मस्थल नेपालको पर्सा स्थितको ठोरी नामक ठाउँमा रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध रौहतटको सदरमुकाम गौरमा बिरोद्ध प्रदर्शनसँगै ओलि र चिनियाँ राजदूत होउ यान्छीको पुत्ला समेत दहन गरिएको छ । पौराणिक काल देखिको सम्बन्धमा चिसोपन उत्पन्न भएको भन्दै हिन्दु परिषद नेपाल रौतहट कार्य […]