३० कार्तिक २०८२, आइतबार
16-11-2025 , Sun
×

मधेस

सुर्या नेपालद्वारा प्रदेश राहत कोषमा एक करोड

न्यूजमधेश डेक्स जनकपुरधाम,१ साउन । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा सूर्या नेपाल प्रालीले एक करोड रुपैया सहयोग गरेको छ । सूर्या नेपालका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई चेक हस्तान्तरण गर्नु भएको हो । प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न बैंक , वितिय संस्था , विभिन्न व्यापारीक घरानाहरुले […]

न्यूजमधेश डेक्स जनकपुरधाम,१ साउन।सिरहा जिल्लाको कर्जन्हा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा ठूलो संख्यामा प्रवेश गरेको छ। बुधबार एक कार्यक्रम विच विभिन्न पार्टी प्रत्यागगरि ४५० जना जनमत पार्टीमा प्रवेश गरेको पार्टीका युवा नेता हरिप्रसाद पासवानले जानकारी दिएको छ। नवप्रवेशीका सवैलाई अबिर फुुल माला लगाई स्वागत साथ प्रवेश गराएको जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार त्यागीले […]

आतिश मिश्रा जनकपुरधाम, १ साउन। मुख्यमन्त्री लालबाबु राउतले लकडाउनका कारन मुलुकमा प्रबेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने बिरेन्द्र गुरमैता यादवको परिवार लाई पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको छ । शहिदनगर नगरपालिका वडा नम्बर ९ गोठ कोयलपुर स्थित यादबको घर पुग्नु भएका मुख्यमन्त्री राउतले मृतकका श्रीमती सविता यादवलाई उक्त चेक हस्तान्तरण गर्नु भएको हो […]

न्यूजमधेश डेक्स   राजविराज ,३१ असार। चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन् । वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ । खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका तीन जनाको घर खाँडोखोलाले भत्काएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष […]

न्यूजमधेश डेस्क लाहन,३१ असार । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ बाट चारवटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जाँच गर्ने क्रममा मापदण्ड विपरीत कम भ्याट बिल काटेर गिट्टी लोड गरी लैजाँदै गरेका ना ७ ख ६३८६, ना ७ ख ४०३२, ना ६ ख ५६६३ र को १ ख ६८२४ नंको टिप्पर नियन्त्रणमा लिएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३१ असार। महोत्तरी कारागारका कैदीबन्दी (बन्दी न्यायिक निकायले पुर्पक्ष थुनामा राख्न आदेश गरेका थुनुवा) अघाउँजी पानी पिउन नपाएर बिचल्लीमा परेका छन् । जलेश्वर नगरपालिका–२ स्थित महोत्तरी कारागारभित्रका चापाकल पछिल्लो छ दिनको अविरल वर्षासँगैको बाढी पसेर डुबेपछि कैदीबन्दीलाई खानेपानीको समस्या परेको हो । कारागारमा रहेको चापाकलको ह्याण्डिल कैदीबन्दी कक्षभित्र जमेको पानीले डुबेपछि खानेपानीको […]

न्यूजमधेश डेक्स जनकपुरधाम,३० असार। प्रदेश नं २ को सरकारले आज मन्त्रि स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरेको छ । यस प्रदेशमा वर्षा, बाढी र पहिराबाट भएका क्षतिको अनुगमन गरी पीडित पक्षलाई राहतका साथै व्यवस्थापनलगायत कार्यका लागि मन्त्रिपरिषद्को आजको बैठकले सो समिति गठन गरेको हो । बैठकले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला […]

न्यूजमधेश सम्बादाता राजविराज,३० असार।भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय सप्तरी राजविराजका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार कार्यालय राजविराज, सप्तरीमा कार्यरत नासु ठाकुरलाई सेवाग्राहीसँग घुस लिएको भनिएको अवस्थामा […]