०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

प्रदेश

प्रदेश नं २ मा होम आइसोलेसनमा बस्ने बढ्दै

गोपालप्रसाद बराल महोत्तरी, ७ भदौ । प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । यहाँका अस्पतालहरुको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो । भदौ लागिकनका बितेका छ दिनमै होम आइसोलेसनमा बस्ने तीन हजार २०७ पुगेका छन् । साउन मसान्तमा यो सङ्ख्या एक […]

न्यूजमधेश सम्बादाता बारा, ६ भदौ । मोटरसाइकलमा आएका एक व्यक्तिले प्रहरीकै अगाडि १६ लाख रुपैयाँ फालेर फरार भएका छन् । आज (शनिबार) बिहान करिव ८ बजेतिर बाराको महागढी नगरपालिका–७ स्थित सडकमा प्रहरी चेकजाँचका क्रममा एक व्यक्तिले सो रकम फालेर भागेका हुन् । प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा आएका […]

नीरज गौतम नेपालगञ्ज, ६ भदौ । ‘बिहेवारी बीस वर्षपारी’ नाराको व्यावहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएका छन् । जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएकाले चुनौती देखिएको बाल अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ । बाँके जिल्लामा बालविवाह कतिले […]

न्यूजमधेश सम्बादाता झापा ,५ भदौ ।समुदायस्तरमा फैलिन थालेको कोभिड –१९ को सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले झापाको मेचीनगर नगरपालिका, कमल, वुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाका विभिन्न वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गरी सर्वसाधारण र यातायातका साधनको आवागमनमा रोक लगाएको छ । निषेधाज्ञा लागू भएका क्षेत्रमा बस, सिटी सफारी, ट्रक, कार, जीप, टेम्पो, माइक्रो लगायतका यातायतका […]

न्यूजमधेश डेस्क सप्तरी ,५ भदौ । राजविराज नगरपालिकाका पूर्वउपप्रधानपञ्च मुरारी उपाध्यायको ७६ वर्षका उमेरमा आज निधन भएको छ । नेपाली काँग्रेस सप्तरीका पूर्वक्षेत्रीय सभापतिसमेत रहनु भएका उपाध्यायको उपचारका क्रममा काठमाडौंँको ग्राण्डी हस्पिटलमा मृत्यु भएको उहाँको परिवारका सदस्यले जनाएका छन् । बिद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उपाध्याय विसं २०४४ वैशाखमा भएको निर्वाचनमा राजविराजको उपप्रधानपञ्चमा निर्वाचित हुनुभएको थियो […]

न्यूजमधेश सम्बादाता कञ्चनपुर,५ भदौ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अत्यावश्यक कार्यवाहेक घरबाहिर निष्कन नपाउने नियम लागु गरेको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय ऐन, २०२८ को दफा ६(३)बमोजिम बिहीबार राति १२ बजे देखि यही भदौ १४ गते राति १२ बजेसम्म कञ्चनपुर जिल्लाभर […]

न्यूजमधेश सम्बादाता रौतहट,४ भदौ । रौतहटको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति करीब साढे ९ बजे माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कञ्चटमा गोली हानी हत्या गरिएको हो । पुजारी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार […]

न्यूजमधेश डेस्क सिरहा ,४ भदौ।सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरमा बाटोको विषयलाई लिएर बिवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ । बाटोको विषयलाई स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी ५० वर्षीया सीतादेवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयको लाठी प्रहारबाट अनुहार र शरीरका भित्री भागमा चोट लागेको राउतको जिल्ला अस्पताल सिरहामा […]