३० मंसिर २०८२, मंगलबार
16-12-2025 , Tue
×

बालक हत्याका अभियुक्त ४ वर्षपछि पक्राउ, बालयौन दुरुपयोग गरेको दावी

Logo
प्रकाशित शुक्रबार, माघ १६, २०७७

न्यूजमधेश डेस्क
वीरगञ्ज,१६ माघ । ९ वर्षीय राजन पटेलको बहुदरमाई नगरपालिका– ८ घर भएपनि वीरगञ्जमा बस्दै आएका थिए । उनी ग्रेस इङलिस बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्दै थिए । २०७३ असोज १९ गते वीरगञ्जमै लागेको मेला हेर्न गएका उनी बेपत्ता भए ।

भोलिपल्ट बिहान ६ बजे वीरगञ्ज–१४ चिनिमिल आवास क्षेत्र भित्र शव भेटियो । घाँस झारपात सहित पानी जमेको खाली स्थानमा उत्तानो परेको अवस्थामा शव थियो । शवको प्रकृति हेर्दा कुटपिट गरी हत्या गरेको जस्तो देखिएपनि हत्यारा पत्ता लाग्न सकेको थिएन । परिवारका सदस्य तथा आफन्त न्याय पाउने आशमा जिल्ला प्रहरी कार्यालय पर्सा धाउँदा धाउँदा हैरान थिए ।

तर घटनाको चार वर्षपछि प्रहरीले गाँठो फुकाएको छ । बालकको हत्यामा संलग्नको आरोपमा बहुदरमाई नगरपालिका– २ घर भई वीरगञ्ज– १४ राधेमाई बस्ने १९ वर्षीय रेयन महतो कम्कर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलनको आयोजना गरेर शुक्रबार कम्करलाई सार्वजनिक गरिएको थियो ।

९ वर्षीय बालक पटेलको हत्यामा कम्कर नै संलग्न रहेको दावी प्रहरीले गरेको छ । बालकको हत्याको कारण बाल यौन दुरुपयोग गरेको (गुद्वार मैथुन) प्रहरीको भनाइ छ । सोही अनुसार अभियुक्तले आचरण व्यवहार रहेको सुक्ष्म विश्लेषण गरी अभियुक्तसम्म पुग्न सफल भएको दावी प्रहरीले गरेको छ ।

कम्करविरुद्ध मृतकको बुवा विनेद पटेलले जाहेरी दरखास्त दिएका छन् । कम्कर विरुद्ध कर्तव्य ज्यान मुद्धामा अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

साक्षी, प्रमाण र तथ्यसहित कम्करलाई पक्राउ गरेको दावी गर्दै प्रहरीले अदालतमा पेश गर्ने तयारी गरेको छ ।

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले समलैंगिक सम्बन्ध राख्ने क्रममा, अघि वा पछि घाँटी थिच्दा भाँचिएर उनको मृत्यु भएको हुन सक्ने बताए । ‘९ वर्षको बालकको हत्या गर्नुपर्ने कुनैपनि कारण देखिएको छैन । अभियुक्त रक्सी, लागुऔषध सेवन गर्ने र समलैंगिक राख्ने खालको रहेछ’ एसपी पाण्डेले भने ‘समलैंगिक सम्बन्ध राख्ने क्रममा, अघि वा पछि घाँटी थिच्दा भाँचिएर उनको मृत्यु भएको देखिन्छ ।’

अभिययुक्तले नै मेलाबाट फकाएर लिएर गएकोले घटनामा अन्यको संलग्नता नदेखिएको उनी बताउँछन् । ‘अभियुक्तको विगतको गतिविधि, बालकका साथीहरु, बुवा लगायत अन्य साक्षी र तथ्यको आधारमा अभियुक्त कम्करले नै हत्या गरेको देखिएको छ’ उनले भने ।

मृतकका काका वृजकिशोर पटेलले अभियुक्त पत्ता लागेपछि न्याय पाउने आश जागेको बताए । ‘अभियुक्तसँग पहिलेदेखि नै चिनजान थियो, उसको बानी व्यहोरा राम्रो थिएन, नियत पनि सफा रहेनछ । बाबुको हत्या गरिदियो’ उनले भने, ‘४ वर्षदेखि प्रहरी कार्यालय धाउँदा धाउँदा हैरान थियौं, बल्ल आएर हत्यारा पक्राउ परेको छ, न्याय पाउने आश जागेको छ । अदालतले न्याय दिन्छ भन्ने विश्वास छ ।’

हत्यारा नउम्किउन् भनेर सबै सरोकारवाला पक्षले दबाब दिनुपर्ने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]