२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

प्रदेश

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

न्यूजमधेश डेस्क सर्लाही ,१२ मंसिर । सर्लाहीको बलरा नगरपालिकामा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको छ । गोली प्रदेशमन्त्रीका अंगरक्षकले चलाएका हुन् । विवादका कारण बलराको २ वटा वडाको अधिवेशन रोकिएको छ । बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह पुगेका थिए […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ मंसिर । प्रदेश २ सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको छ । मधेश आन्दोलन, सशस्त्र द्धन्द र जनआन्दोलनलगायतका आन्दोलनका क्रममा शहीद भएकाको परिवार तथा घाइतेको हकहितका लागि सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको हो । मधेसी शहीद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ […]

सप्तरी । सप्तरीमा बसले मोटरलाईकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । सुरुङ्गा नगरपालिका वडा नं ५ स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिम बाट पुर्व तर्फ जादै गरेको प्रदेश २–०१–००१ प ०२९१ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ गइरहेको ना ३ ख ३१४९ नम्बरको बसले ठक्कर दिदा दुर्घटना भएको हो । मोटरसाईकल चालक सिन्धुलीको दुधौली […]

संजिप मण्डलजनकपुरधाम,९ मंसिर । भारतबाट भन्सार छली नेपाल भित्र्याएको मालसामान शसस्त्र प्रहरीले धनुषाको बिदेह नगरपालिका-९ स्थित खरियानीबाट ठूलो परिमाणमा बरामद गरेको छ । बरामद गरेको कपडाको भन्सार मुल्य ७ लाख ६२ हजार ७ सय साठी रुपैया रहेको शसस्त्र प्रहरीले जनाएको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासबाट खटिएको स्क्वार्ड टोली, […]

न्यूजमधेश डेस्क विरगंज ,१ मङ्सिर । प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयअन्तर्गत बाराको पथलैयास्थित प्रदेश स्वास्थ्य तालिम केन्द्र पछिल्लो समय कामविहीन जस्तै बनेको छ । विशेषगरी स्वास्थ्यकर्मीलाई विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन गर्ने उद्देश्यले स्थापित उक्त केन्द्र पछिल्लो एक वर्षयता कोभिड–१९ का कारण भौतिक उपस्थितिमा विविध प्रकारका तालिम हुन नसक्दा केन्द्र कामविहीन बनेको हो […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ कार्तिक। प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत वितरणका लागि खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको अख्तियारले ठहर गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खरिद गरेको साइकलमा प्रारम्भिक चरणको अनुसन्धानमा अनियमितता भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । उनले भने, ‘प्रारम्भिक […]

न्यूजमधेश डेस्क सप्तरी ,२९ कार्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा आज ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा खडक नगरपालिका–६ की ७० वर्षीया अनारदेवी पासवान रहेकी छिन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त ७०१९ नंको ट्र्याक्टर अनियन्त्रित भई स्थानीय प्रकाश साहको घरमा रहेको सैलुनमा ठोक्किएको […]

राजविराज, २६ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतले देशमा विभिन्न राजनीतिक व्यवस्था परिवर्तन भएपनि समाजमा पुख्य्रौली राज्य कायमै रहेको बताएका छन् । सप्तरीको बोदेबर्साइन नगपालिका वडा नम्बर ७ मानराजा स्थित बिहीवार आयोजना गरिएको जनमत पार्टीको आमसभामा बोल्दै उनले यस्तो बताएका हुन् । राजा, राणा, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आएपनि समाजमा […]