१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

राजनीति

युक्रेन हमालामा १५ हजार रुसी सेनाको मृत्यु,४५ हजार सेना घाइते

न्युजमधेस डेस्क एजेन्सी,५श्रावण। युक्रेन हमालाका क्रममा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु भएको छ। त्यसक्रममा ४५ हजार रुसी सेना घाइते भएको अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् । ‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र त्यसको […]

न्युजमधेस डेस्क काठमाडौ,५श्रावण। काठमाडौँबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो । योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ […]

न्युजमधेस डेस्क काठमाडौ,४श्रावण। विश्वभरको पासपोर्ट मूल्यांकन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार अरु देशसँगै विश्वकै कमजोर राहदानी (पासपोर्ट) को सूचीमा नेपाल पनि रहेको छ । रिपोर्टमा नेपाल विश्वकै कमजोर सूचीमा पर्दै १०६ औं स्थानमा देखिएको छ । पासपोर्टको अब्बल अर्थात शक्तिशाली पासपोर्टको पहिलो सूचीमा जापान रहेको छ भने सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान ११२ औँ […]

न्युजमधेस डेस्क जनकपुरधाम,४श्रावण। उखरमाउलो गर्मीबीच पानी परेपछि महोत्तरीसहित मधेसमा राहत मिलेको छ । करिब तीन सातापछि आज दिउँसो पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन् । पानीबेगर रोपेको धान रोपोमै पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानमा आजको वर्षाले अब खेती गर्न पाइने आश जागेको छ । महोत्तरीमा १५ असारयता आज पानी […]

न्युजमधेस डेस्क जनकपुरधाम,४श्रावण। परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पसमा बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्राहरुलाई चिट लिएर आएको भन्दै क्याम्पस प्रशासनले दुर्व्यवहार गरेको आरोप छ । हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका छात्राहरुको छौ […]

न्यूजमधेश डेस्क काठमाडौं,४ श्रावण। सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनलाई कायम राख्दै निर्वाचनको जाने निर्णय गरको भोलिपल्ट गठबन्धनमा आबद्ध एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेसँग तालमेल वा एकता गर्न कुनै चिनियाँ पर्खाल (ग्रेटवाल) नरहेको बताएका छन्। उनले आगामी चुनावमा एमालेसँग तालमेल वा एकताका विषयमा औपचारिक छलफल नभए पनि दुवै दल तयार […]

न्युजमधेस डेस्क जनकपुरधाम,४ श्रावण। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : आम्दानी हुनेछ। साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। वृष : आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। मिथुन : आम्दानी र खर्च बराबर हुने देखिन्छ। रोग बढ्नेछ। कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत […]

न्यूजमधेश डेस्क काठमाडौ,३ श्रावण ।चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै राष्ट्रिय एकता अभियानले भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवसहितको टोलीले मंगलबार सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो । हालै गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय […]