२८ मंसिर २०८२, आइतबार
14-12-2025 , Sun
×

छात्रामाथि दुर्व्यवहार गरेको भन्दै क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,४श्रावण।
परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पसमा बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्राहरुलाई चिट लिएर आएको भन्दै क्याम्पस प्रशासनले दुर्व्यवहार गरेको आरोप छ ।

हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका छात्राहरुको छौ भन्दै पाइन्ट र भित्री कपडा समेत खोल्न लगाएको आरोप छ । दुई छात्रामध्ये ए जना महिनावारी भएको र आफूसँग चिट नभएको भन्दासमेत उनले प्रयोग गरेको सेनेटरी प्याड खोल्न लगाइएको विद्यार्थीहरुले आरोप लाएका छन् । उनीहरुले हेटौंडा क्याम्पसमा तोडफोड समेत गरेका छन् ।

उनीहरुले ढुङ्गा प्रहार गर्दा क्याम्पसको भवनको सिसा फुटेका छन् । त्यस्तै उनीहरुको ढुङ्गा प्रहारबाट २ जना प्रहरी समेत घाइते भएका छन् भने प्रदर्शनमा ढुङ्गा प्रहार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  घटनाको समाधानका लागि विद्यार्थी संगठनसहित राजनीतिक दल र क्याम्पस प्रशासनबीच ३ घण्टादेखि वार्ता जारी छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]