२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

छात्रामाथि दुर्व्यवहार गरेको भन्दै क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,४श्रावण।
परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पसमा बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्राहरुलाई चिट लिएर आएको भन्दै क्याम्पस प्रशासनले दुर्व्यवहार गरेको आरोप छ ।

हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका छात्राहरुको छौ भन्दै पाइन्ट र भित्री कपडा समेत खोल्न लगाएको आरोप छ । दुई छात्रामध्ये ए जना महिनावारी भएको र आफूसँग चिट नभएको भन्दासमेत उनले प्रयोग गरेको सेनेटरी प्याड खोल्न लगाइएको विद्यार्थीहरुले आरोप लाएका छन् । उनीहरुले हेटौंडा क्याम्पसमा तोडफोड समेत गरेका छन् ।

उनीहरुले ढुङ्गा प्रहार गर्दा क्याम्पसको भवनको सिसा फुटेका छन् । त्यस्तै उनीहरुको ढुङ्गा प्रहारबाट २ जना प्रहरी समेत घाइते भएका छन् भने प्रदर्शनमा ढुङ्गा प्रहार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  घटनाको समाधानका लागि विद्यार्थी संगठनसहित राजनीतिक दल र क्याम्पस प्रशासनबीच ३ घण्टादेखि वार्ता जारी छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]