११ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
×

एमालेसँग एकता हुनसक्छ :नेता झलनाथ खनाल

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,४ श्रावण। सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनलाई कायम राख्दै निर्वाचनको जाने निर्णय गरको भोलिपल्ट गठबन्धनमा आबद्ध एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेसँग तालमेल वा एकता गर्न कुनै चिनियाँ पर्खाल (ग्रेटवाल) नरहेको बताएका छन्।

उनले आगामी चुनावमा एमालेसँग तालमेल वा एकताका विषयमा औपचारिक छलफल नभए पनि दुवै दल तयार भए एमाले र एकीकृत समाजवादीबीच एकता हुनसक्ने बताएका हुन्। ‘दुवै दल तयार भए एकता हुन नसक्ने भन्ने हुँदैन,’ खनालले डिसी नेपालसँग भने, ‘हामी कुनै पनि दलसँग पानी बारबार गर्ने पक्षमा छैनौं। देशभर हाम्रा कार्यकर्ता छन्। एमालेसँग एकता हुनै नसक्ने भन्ने होइन।’

उनले एमाले र एकीकृत समाजवादी दुवै बाम दल भएको र विचार, सिद्धान्तमा फरक नभएको भन्दै एमालेसँग एकता गर्न सकिने बताए।
नेता खनालले कांग्रेसले ९० सिट नछाड्ने र चुनावपछि पाँच वर्ष कांग्रेस कै नेतृत्वमा सरकार चलाउन पाउनुपर्ने निर्णयलाई अन्य दलले मान्नुपर्ने बाध्यता नभएको टिप्पणी गरे। कुनै दलको रणनीतिलाई अर्को दलले स्वीकार गर्नुपर्ने बाध्यता नभएको उनको भनाइ छ।

‘अब कांग्रेसले आफ्नो रणनीति आफूले बनाउने हो। हामीले हाम्रा रणनीति आफूले बनाउने हो । आआफ्ना रणनीति बनाउन दलहरु स्वतन्त्र छन्,’ उनले भने, ‘तर अर्काले बनाएका रणनीतिलाई कुनै दलले मान्नु पर्छ भन्ने छैन। हरेकका आफ्ना रणनीति हुन्छन्। ती रणनीतिमा एकआसपमा तालमेल गर्न सकिने स्थिति भयो भने तालमेल हुन्छ, नत्र दलहरु आआफ्नै ढंगले अगाडि बढ्छन्।’

समग्र परिस्थितिमा मुलुकलाई जसरी अग्रगामी दिशातर्फ अगाडि लैजाने भनेर गठबन्धन बनेको भन्दै खनालले आफूहरु कुनै एउटा पार्टीको रणनीतिभित्र रहेर काम गर्ने पक्षमा नरहेको बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]