१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

एमालेसँग एकता हुनसक्छ :नेता झलनाथ खनाल

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,४ श्रावण। सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनलाई कायम राख्दै निर्वाचनको जाने निर्णय गरको भोलिपल्ट गठबन्धनमा आबद्ध एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेसँग तालमेल वा एकता गर्न कुनै चिनियाँ पर्खाल (ग्रेटवाल) नरहेको बताएका छन्।

उनले आगामी चुनावमा एमालेसँग तालमेल वा एकताका विषयमा औपचारिक छलफल नभए पनि दुवै दल तयार भए एमाले र एकीकृत समाजवादीबीच एकता हुनसक्ने बताएका हुन्। ‘दुवै दल तयार भए एकता हुन नसक्ने भन्ने हुँदैन,’ खनालले डिसी नेपालसँग भने, ‘हामी कुनै पनि दलसँग पानी बारबार गर्ने पक्षमा छैनौं। देशभर हाम्रा कार्यकर्ता छन्। एमालेसँग एकता हुनै नसक्ने भन्ने होइन।’

उनले एमाले र एकीकृत समाजवादी दुवै बाम दल भएको र विचार, सिद्धान्तमा फरक नभएको भन्दै एमालेसँग एकता गर्न सकिने बताए।
नेता खनालले कांग्रेसले ९० सिट नछाड्ने र चुनावपछि पाँच वर्ष कांग्रेस कै नेतृत्वमा सरकार चलाउन पाउनुपर्ने निर्णयलाई अन्य दलले मान्नुपर्ने बाध्यता नभएको टिप्पणी गरे। कुनै दलको रणनीतिलाई अर्को दलले स्वीकार गर्नुपर्ने बाध्यता नभएको उनको भनाइ छ।

‘अब कांग्रेसले आफ्नो रणनीति आफूले बनाउने हो। हामीले हाम्रा रणनीति आफूले बनाउने हो । आआफ्ना रणनीति बनाउन दलहरु स्वतन्त्र छन्,’ उनले भने, ‘तर अर्काले बनाएका रणनीतिलाई कुनै दलले मान्नु पर्छ भन्ने छैन। हरेकका आफ्ना रणनीति हुन्छन्। ती रणनीतिमा एकआसपमा तालमेल गर्न सकिने स्थिति भयो भने तालमेल हुन्छ, नत्र दलहरु आआफ्नै ढंगले अगाडि बढ्छन्।’

समग्र परिस्थितिमा मुलुकलाई जसरी अग्रगामी दिशातर्फ अगाडि लैजाने भनेर गठबन्धन बनेको भन्दै खनालले आफूहरु कुनै एउटा पार्टीको रणनीतिभित्र रहेर काम गर्ने पक्षमा नरहेको बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]