न्यूजमधेश डेस्क जनकपुरधाम, १८ पौष ।जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं मधेश प्रदेशसभा सदस्यमा नवनिर्वाचित प्रदेश सांसद ई.बसन्त कुशवाहाले ‘मधेश फर्स्ट’को अवधारणामा प्रतिबद्ध रहने बताएका छन् । सोमबार मधेश प्रदेशसभाको पहिलो बैठकमा सम्बोधन गर्दै सांसद ई.शुकवाहाले सो प्रतिबद्धता जनाएका हुन् । उनले प्रदेशसभा सदस्यमा निर्वाचित भएर आएका सांसदहरु फरक पार्टी, फरक विचारधारा, फरक सोचाइ भएपनि मधेशको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ पौष । जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूसँग ६ महिनाको कार्यप्रगति विवरण मागेको छ । सोमबार पार्टीका राष्ट्रिय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले पत्र लेख्दै जनमतबाट निर्वाचित स्थानीय जनप्रतिनिधिसँग ६ महिनाको कार्यकाल पूरा गर्दा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय सचिवालयलाई पठाउन निर्देशन दिएका हुन् । गत वैशाखमा सम्पन्न […]
जनकपुरधाम ,१६ पौष। जनमत पार्टीको संसदीय दलको नेता चयन भएका छन् । मधेस प्रदेश संसदीय दलको नेतामा महेशप्रसाद यादव शनिबार चयन भएका हुन् । उनी सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’बाट निर्वाचित सांसद छन् । उनलाई पार्टीका नेताहरुले सर्वसहमत चयन गरेको जनमत पार्टी केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जनाएको छ । सचिवालय प्रमुख मण्डलका […]
न्यूजमधेश डेस्क काठमाडौं,१५ पौष । रेशम चौधरी छुटाउने अध्यादेश जारी गर्न माग गरिएको छ । नागरिक उन्मुक्ति पार्टीले संरक्षक रेशम चौधरीसहित राजनीतिक बन्दीहरुको रिहाई हुने गरी अघिल्लो सरकारले ल्याएको अध्यादेश जारी गर्न माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई शुक्रबार स्मरणपत्र बुझाउँदै नागरिक उन्मुक्तिले थारुहरुको आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार्न र अध्यादेश जारी गर्न आग्रह […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,११ पौष । मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण पुस १५ गते हुने भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा आह्वान गरिएको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । पुस १५ गते दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहण हुने तय भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । नेपालको संविधानको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,९ पौष । अज्ञात समूहको गोली प्रहारबाट धनुषामा एक साना व्यापारीको हत्या भएको छ । मुखियापट्टी मुसहर्निया गाउँपालिका २ स्थित किराना पसल गर्ने ३५ वर्षी भनु दासको गोली हानेर हत्या गरिएको छ । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले उनीमाथि पसलमै गोली चलाएको बताइएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका दासको उपचारका लागि […]
न्यूजमधेश डेस्क राजविराज ,९ पौष ।जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले गजेन्द्रनारायण सिंह अस्पताल सुधारको प्रयास थालेका छन् । उनले अस्पताल सुधारको पहिलो कदम भन्दै अस्पतालमा सुझाव पेटिका राखेका छन् । सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.राउतले अस्पतालसम्बन्धी कुनै गुनासो वा सुझाव भए दिन भन्दै सुझाव पेटिका राखेका हुन् । सुझाव […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ पौष। मधेसी भाषामा शपथग्रहण विषयमा संघीय संसद् सचिवालयलाई स्पष्टीकरण सोधेको मधेसी आयोगका पदाधिकारीहरूले मधेशमा द्वन्द्व गराउन खोजेको भन्दै कारबाहीको माग गरिएको छ । जनमत पार्टीका नेता बीपी साहले मधेसी आयोग ऐन, २०७४ को दफा १९ अनुसार मधेसी आयोगका अध्यक्ष एवं सदस्यहरूले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएको, प्रक्रिया मिचेको आरोप लगाउँदै उनीहरूमाथि कारबाहीको […]