०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

जनमत पार्टीले ‘मधेश फर्स्ट’को अवधारणाप्रति प्रतिबद्ध रहने : सांसद ई.कुशवाहा

Logo
प्रकाशित सोमबार, पुष १८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम, १८ पौष ।जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं मधेश प्रदेशसभा सदस्यमा नवनिर्वाचित प्रदेश सांसद ई.बसन्त कुशवाहाले ‘मधेश फर्स्ट’को अवधारणामा प्रतिबद्ध रहने बताएका छन् ।

सोमबार मधेश प्रदेशसभाको पहिलो बैठकमा सम्बोधन गर्दै सांसद ई.शुकवाहाले सो प्रतिबद्धता जनाएका हुन् ।

उनले प्रदेशसभा सदस्यमा निर्वाचित भएर आएका सांसदहरु फरक पार्टी, फरक विचारधारा, फरक सोचाइ भएपनि मधेशको सवालमा एकबद्ध भएर मधेश प्रदेशलाई नमुना प्रदेशको रुपमा विकसित गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

‘हामीबीच रहेको मनभिन्नता, द्वेष, असमानता भएपनि पाँच वर्षका लागि थाँती राखी मधेशलाई साझा कर्मथलोको रुपमा विकास गरौं,’ उनले भने, ‘जनमत पार्टीका सांसदहरु सबैसँग काँधमा काँध मिलाएर काम गर्न तत्पर छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]