१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

जनमत पार्टीले स्थानीय तहका जनप्रतिनिधिसँग ६ महिनाको कार्यप्रगति विवरण गरे माग

Logo
प्रकाशित सोमबार, पुष १८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ पौष । जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूसँग ६ महिनाको कार्यप्रगति विवरण मागेको छ ।

सोमबार पार्टीका राष्ट्रिय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले पत्र लेख्दै जनमतबाट निर्वाचित स्थानीय जनप्रतिनिधिसँग ६ महिनाको कार्यकाल पूरा गर्दा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय सचिवालयलाई पठाउन निर्देशन दिएका हुन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जनमत सप्तरीका हनुमाननगर कंकालिनी नगरपालिकामा दुई वडासहित प्रमुख र बलान बिहुल गाउँपालिकामा दुई वडासहित अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएको थियो ।

त्यस्तै अध्यक्ष डा.राउतको गृहपालिका महादेवा गाउँपालिकाको एउटा वडामा जनमत विजयी भएको थियो । जनमतले कुल १९ वटा वडामा अध्यक्ष पद जितेको थियो ।

अध्यक्ष डा. राउतको पत्रमा भनिएको छ, ‘जनमत पार्टीको अवधारणा लागू गर्न के-कस्ता कार्यक्रमहरू सञ्चालनमा ल्यानुभयो, जनसरोकारका विषयहरूलाई सम्बोधन गर्न के-कस्तो पहल गर्नुभयो ? जनमत पार्टीको स्थानीय समिति र कार्यकर्ताहरूसँग समन्वय कस्तो रह्यो आदि विवरण प्रतिवेदनमा समावेश गर्नुहुन अनुरोध छ।’

त्यस्तै अध्यक्ष डा. राउतले पार्टीको वडा र पालिका समितिलाई पनि पत्र लेख्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यमूल्यांकनबारे प्रतिवेदन पठाउन निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]