२४ पुष २०८२, शुक्रबार
09-01-2026 , Fri
×

जनमत पार्टीले स्थानीय तहका जनप्रतिनिधिसँग ६ महिनाको कार्यप्रगति विवरण गरे माग

Logo
प्रकाशित सोमबार, पुष १८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ पौष । जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूसँग ६ महिनाको कार्यप्रगति विवरण मागेको छ ।

सोमबार पार्टीका राष्ट्रिय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा.सीके राउतले पत्र लेख्दै जनमतबाट निर्वाचित स्थानीय जनप्रतिनिधिसँग ६ महिनाको कार्यकाल पूरा गर्दा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय सचिवालयलाई पठाउन निर्देशन दिएका हुन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जनमत सप्तरीका हनुमाननगर कंकालिनी नगरपालिकामा दुई वडासहित प्रमुख र बलान बिहुल गाउँपालिकामा दुई वडासहित अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएको थियो ।

त्यस्तै अध्यक्ष डा.राउतको गृहपालिका महादेवा गाउँपालिकाको एउटा वडामा जनमत विजयी भएको थियो । जनमतले कुल १९ वटा वडामा अध्यक्ष पद जितेको थियो ।

अध्यक्ष डा. राउतको पत्रमा भनिएको छ, ‘जनमत पार्टीको अवधारणा लागू गर्न के-कस्ता कार्यक्रमहरू सञ्चालनमा ल्यानुभयो, जनसरोकारका विषयहरूलाई सम्बोधन गर्न के-कस्तो पहल गर्नुभयो ? जनमत पार्टीको स्थानीय समिति र कार्यकर्ताहरूसँग समन्वय कस्तो रह्यो आदि विवरण प्रतिवेदनमा समावेश गर्नुहुन अनुरोध छ।’

त्यस्तै अध्यक्ष डा. राउतले पार्टीको वडा र पालिका समितिलाई पनि पत्र लेख्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यमूल्यांकनबारे प्रतिवेदन पठाउन निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]