२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

समाज

डा सीके राउत नेतृत्वको जनमत पार्टीले अख्तियारको कार्यालय घेराउ गर्दै

न्यूजमधेश डेस्क जनकपुरधाम ,२० असोज। डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास घेराउ गर्ने भएको छ । प्रदेशमा भ्रष्टाचार बढेको भन्दै आज मध्यान्ह १२ बजे अख्तियारको बर्दिबास कार्यालय घेराउ गर्ने र ज्ञापन-पत्र बुझाउने जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.वसन्त कुशवाहाले जनकारी दिएका छ्न । सो कार्यक्रममा सहभागी हुन नेता पार्टीका […]

न्यूजमधेश डेस्क काठमाडौं ,१८ असोज। भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरीमा किसानविरूद्ध भएको हिंसाविरुद्ध ऐक्ववद्धता जनाउन त्यहाँ गएकी उनलाई स्थानीय प्रहरीले हरगाँव सीमामैं रोकेर हिरासतमा लिएको छ । गान्धीलाई सितापुर हिरासतमा राखिएको बीबीसी हिन्दीले जनाएको छ । गान्धीलाई पक्राउ गरेपछि उनका समर्थकले तत्काल उनको रिहाइ गर्न माग गरेका छन् […]

न्यूजमधेश डेस्क बुटबल ,१८ असोज । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । गएराती रुपन्देहीको शुद्धोधन–३ बेतानीमा प्लाई उद्योगमा काम गर्ने पश्चिम नवलपरासीको सुस्ता– ३ का अवदेश चमारको हत्या भएको हो । सोही उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहले खुकुरी प्रहार गरी चमारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असोज। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफू बाटोकै कारण घरभित्र थन्किन बाध्य भएका बताएका छन् । ठेकेदारले बाटो खनेर छोडिदिँदा जनकपुरधामस्थित घरमै थन्किनुपरेको उनले बताएका छन् । जनकपुरधाम उप महानगरपालिका ८ स्थित बलुवा टोलमा राउतको घर छ । जनकपुरधामको केन्द्र रमानन्द चोकभन्दा करीब पाँच मिनेटकै दूरीमा आफ्नो घर रहेपनि बाटोका […]

न्यूजमधेश डेस्क सप्तरी ,१६ असोज । अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी […]

न्यूजमधेश डेस्क सिरहा ,१५ असोज । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र […]

न्यूजमधेश डेस्क सर्लाही,१५ असोज।सर्लाहीकाे लालबन्दी १५ का स्थानीय मन्दिर संरक्षणमा जुटेका छन् । साे वडाकाे माथिल्लाे देउराली स्थित फुलजाेर खाेला किनारमा रहेकाे सिद्देश्वर मन्दिर संरक्षणका लागि समिती बनाएरै स्थानीय मन्दिरकाे संरक्षणमा जुटेका हुन् । यहाँ स्थित साे मन्दिर परिसरमा अहिले जमिन सम्याउने काम भएकाे छ । धार्मिक अास्था बाेकेकाे साे मन्दिर संरक्षणमा कसैले चासाे नदिएपछि […]

न्यूजमधेश डेस्क भैरहवा ,१४ असोज। रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ । माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना नरोकिएको जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ का दुई महिना साउन […]