०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

समाज

आज खीर खाने दिन

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ श्रावण । आज साउन १५ अर्थात खीर खाने दिन हो  । असार १५ मा दही चिउरा खाएको ठीक एक महिनापछि साउन १५ मा खीर खाने चलन रहँदै आएको छ । विज्ञहरूले खीरलाई सांस्कृतिक पर्वको परिकारसँगै औषधिय गुण खानेकुराको रूपमा समेत अर्थ्याउने गरेका छन् । मानिसमा रोगसँग लड्ने क्षमता बढाउनमा खिर उपयोगी […]

न्यूजमधेश डेस्क  सिरहा ,१४ श्रावण। अविरल वर्षासँगै सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित कटनियाँ नदीको कल्भट भत्किँदा सडक अवरुद्ध भएको छ । कटनियाँ नदीमा आएको बाढीका कारण कल्भट भत्किँदा भारतीय सीमावर्ती बरियारपट्टी बजारसम्म जोडिएको सो सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा जिल्लाको बरियारट्टी गाउँपालिकासहित जिल्लाको सुखीपुर नगरपालिका र धनगढीमाई नगरपालिकाको विभिन्न वडाका स्थानीयवासी समस्यामा परेका […]

गोबिन्द ठाकुर जनकपुरधाम ,१४ श्रावण । धनुषाको औरही गाउपालिका वडा नं ५ हरुसाहामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १० लाखको लागतमा सोनाई बाबा भजन किर्तन मण्डली भवन र घेरबेरा  बनाई आज एक कार्यक्रमका बिच उद्घाटन गरेको छ। कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा […]

न्यूजमधेश सम्बादाता कैलाली , १४ श्रावण । लगातारको वर्षापछि तीन वटा नदीमा आएको बाढी गाउँ पसेपछि कैलालीमा एक सय भन्दा बढी घरहरु डुबानमा परेका छन् । कान्द्रा, काडा र पथरैया नदीमा आएको बाढी बस्तीमा छिरेपछि कैलालीको भजनी र जोशीपुरका घरहरु डुबानमा परेको स्थानीयले जानकारी दिएका छन् । जोशीपुरमा काडा नदी गाउँ पसेपछि २५ भन्दा बढी […]

कैलाश दास जनकपुरधाम, १३ श्रावण । आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा थाली तथा सिटी जुलुस प्रदर्शन गरिएको छ । संयुक्त दलित संघर्ष समितिका संयोजक चन्देश्वर दासको नेतृत्वमा जनकपुरको  जनक चोकबाट निस्केको थाली तथा सिटी जुलुस शिव, भानु, कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिमा […]

गोपाल प्रसाद बराल महोत्तरी,१३ श्रावण । गत चार महिना लकडाउनले डल्याउँदा पनि महोत्तरीका केही किसानले तरकारी खेती छाडेनन् । उत्पादन बजार लान नसक्ने र घरमा आएका ग्राहकलाई कौडीको मूल्यमा तरकारी दिन पर्दा पनि यो समयको खेल हो भन्दै यहाँका किसान तरकारी खेतीमै आफ्नो भविष्य खोजी रहेका देखिन्छन् । बर्दिवास नगरपालिका–६ किसाननगरका वासुदेव महतो बिहान उठ्नासाथ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ श्रावण ।सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत चैत दोस्रो सातादेखि गरेको लकडाउन अवधिमा कञ्चनपुर जिल्लामा महिला तथा पुरुष गरी ७२ ले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बितेको चार महिनाको अवधिमा ३९ पुरुष र ३३ जना महिलाले आत्महत्या गरेका हुन् । लकडाउनमा आत्महत्या, घरेलु तथा महिला हिंसा र […]

न्यूजमधेश सम्बादाता काठमाडौं ,५ श्रावण । नेपाल प्रहरीको मानव बेचबिखन अनुुसन्धान ब्यूरोले बन्दाबन्दीका समयमा नेपाल तथा भारतका विभिन्न स्थानबाट मानव बेचविखन तथा ओसारपसारमा परेका ४१ जनाको उद्धार गरेको छ । ब्यूरोको टोलीले बन्दाबन्दीको समयमा विभिन्न प्रलोभनमा परेर पीडित बनेका ४१ जनालाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समन्वयनमा उद्धार गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक […]