२१ कार्तिक २०८१, बिहिबार
07-11-2024 , Thu
×

चन्द्रकिशोर

परालको खुट्टा होइन संघीयता

चन्द्रकिशोर ( विचार ) जनमतमा चल्नु लोकतन्त्रको विशेषता हो । जनादेश र मतादेश दुवैबाट संघीयताको अनुमोदन भइसकेको छ । अर्थात्, आन्दोलनमार्फत एकात्मक राज्यको पुनःसंरचना गरी संघीय शासन प्रणालीमा रूपान्तरित गर्ने कार्यभार सम्पन्न भइसकेको छ । चालु संविधान निर्माण गर्दा जुन राजनीतिक मूल्य र संरचना आत्मसात् गरियो, त्यसलाई फेरि निर्वाचनमार्फत जनस्वीकृति दिइसकिएको छ । प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नमा भएको चूकलाई […]

राजनीतिमा धूमिल संक्रमणकाल सुरु भएको छ । मधेश राजनीतिले लोकतान्त्रिक, जनप्रिय तथा सामाजिक न्यायको बाटो बिराएकाले यस्तो भएको हो । माछा जसरी पानीबेगर बाँच्न सक्दैन, त्यसै गरी मधेशी दल भनेर चिनिने राजनीतिक पंक्ति पनि सत्ताभन्दा टाढा बस्नुपर्दा छटपटाउन थाल्छ । अहिले नै हेरौं न, उपेन्द्र यादव संघीय सरकारबाट बाहिरिने सुइँको पाएबित्तिकै अर्को दल राष्ट्रिय जनता पार्टी (राजपा) ले […]