बिराटनगर । इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । माई नगरपालिका–६ का दिलकुमार राईले छोरा १८ वर्षीय जीवन राईको हत्या गरेका हुन् । बेलुका ७ बजे घरझगडाका क्रममा ३७ वर्षीय दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेका थिए । घाइतेलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा आज विहान […]
जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा अबस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यूपछि त्यहाँको अवस्था सुनसान छ । तर प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै सडकमै छ । प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने/नगर्ने विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि नेकपा एमाले बाहेकका ५ दलले आन्दोलन सुरु गरेको थियो । आन्दोलनकारीले तोडफोड […]
सिराह,१२ असार । सिरहाको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका गार्डको हत्या भएको छ । मिर्चैया नगरपालिका–८ का ६२ वर्षीय किशोरी रायको हत्या भएको हो ।रातिको समयमा ड्युटी गरिरहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । उनी ८ महिनादेखि कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]
न्यूजमधेश डेस्क धनगढी ,६ असोज। कैलालीमा एक महिलाको हत्या भएको छ । गौरीगंगा नगरपालिका-५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेले ललिता बिहीबार बिहान हत्या गरेको अवस्थामा शव भेटिएको बताए । ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छन् […]
न्यूजमधेश डेस्क पर्सा,२८ श्रावण । पर्सा प्रहरीले आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई नियन्त्रणमा लिएको छ। पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२३ बस्ते दिनेश प्रसाद यादवलाइ श्रीमतीको हत्या गरेको आरोपमा नियन्त्रणमा लिएको हो । उनले शुक्रबार बिहान ४ बजे वीरगन्जको इतियाही बस्ने २३ वर्षीया प्रतिमा कुमारी यादव सुतिरहेकी अवस्थामा घाटी दबाइ हत्या गरेका थिए । प्रतिमाको श्रीमान दिनेशले […]
न्युजमधेस डेस्क सर्लाही,७ साउन। सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ । शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो । महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली […]
न्युजमधेस डेस्क रौतहट,६ साउन। दाइजोको निहुँमा सन्जुलाई घाटी दबाएर हत्या गरिएको आफन्तले आरोप लगाएका छन्। राैतहट बृन्दावन नगरपालिका-६ सिसवा धमाैराकी २० वर्षीय सबिता भन्ने सन्जु कुमारी दासको दाइजोका कारण घाँटी दबाएर हत्या भएको आफन्तले दाबी गरेका छन् । गत साउन ०२ गतेमा हत्या भएकाे पारिवारिक स्राेतले जनाएको हाे । सन्जुका माइती पक्ष कटहरिया वडा नम्बर […]
न्यूजमधेश डेस्क सप्तरी ,९ मंसिर ।सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र आज परीक्षण हुने जिल्ला प्रहरी कार्यालयका […]