१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

जनप्रतिनिधिको घमण्डले घट्यो घटना,प्रहरीको गोलीबाट जयशंकरको मृत्यु

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, पुष २०, २०८०

जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा अबस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यूपछि त्यहाँको अवस्था सुनसान छ । तर प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै सडकमै छ ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने/नगर्ने विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि नेकपा एमाले बाहेकका ५ दलले आन्दोलन सुरु गरेको थियो । आन्दोलनकारीले तोडफोड र आगजनीमा उत्रेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे । सोही क्रममा प्रहरीले गोली चलाउँदा साहको मृत्यू भयो ।

मृतक ३० वर्षीय साह बरहथवा नगरपालिका ६ का बासिन्दा हुन् । उनी बंगलादेशमा एमबीबीएस पढ्दै थिए । तर तीन वर्ष अगाडी बुवा बंगालीराम साहको निधन भएपछि उनी पढाई छाडे । उनी एक्लो छोरा भएकाले एमबीबीएस बन्ने सपना छाडेर बुवाले गरेको व्यावसाय सम्हाले ।

वडा नम्बर ५ मा उनको ‘सर्लाही होटल’ संचालनमा छ ।त्यही होटल जाने क्रममा उनमाथि गोली लागेको थियो । टाउकोमै गोली लागेपछि सडकमा ढलेका उनको तत्कालै मृत्यू भयो ।

‘मेरो मामा आन्दोलनमा जानु भएको थिएन’, मृतक साहका भान्जा विवेकले भने, ‘दाना गोदामबाट होटल जाने क्रममा प्रहरीले चलाएको गोली मामालाई लाग्यो । टाउकोमै गोली हानिएको छ ।’

शाहलाई विद्युत प्राधिकरण कार्यालय नजिक गोली लागेको हो । उक्त स्थान आन्दोलन भएको स्थानदेखि करिब ३/४ सय मिटर दूरीमा छ । विवेकले प्रश्न गरे, ‘आन्दोलन भएको ठाउँमा कसैलाई गोली लागेन । तर ३/४ सय मिटर दूरीमा मेरै मामालाई कसरी लाग्यो ? यसको छानबिन हुनुपर्छ ।’

उनले हवलदार सोनेलाल यादवले गोली चलाएको आरोप पनि लगाए । उनले नेपालप्रेससंग भने, ’हवलदार यादव होटलमा आएर जहिल्यै सित्तैमा खान चाहन्थे । यो विषयलाई लिएर उनीसंग एक पटक झगडा परेको थियो । त्यसैले रिसईबीले उनले नै मामामाथि गोली चलाएको हुनसक्छ ।’

मृतक साहको शव लिएर उनका परिवारका सदस्यहरु र आफन्तहरु कठाङ्ग्रिदो चिसोमा सडकमै आगो बालेर बसिरहेका छन् । प्रहरीहरु करिब ३/४ सय मिटरको दूरीमा छन् । प्रशासनले कर्फ्यू लगाएकाले घरबाट कोही निस्केका छैनन् ।

जनप्रतिनिधिको घमण्डले घट्यो घटना

बरहथवा नगरपालिकाको कार्यपालिका बैठकले गत असोजमै प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्ने निर्णय गरेको थियो । तर पछि नगरप्रमुख कल्पना कुमारी कटुवाल र उपप्रमुख रामबाबु प्रसाद साह निर्णय कार्यान्वयन गर्न चाहेनन् ।

नगरप्रमुख र उपप्रमुख नेकपा एमालेका छन् । त्यहां १८ वटा वडा छन् । अधिकांश जनप्रतिनिधिले प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० वेडमा स्तरोन्नती गर्नुपर्ने अडान लिए । उनीहरु नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न नगरप्रमुख र उपप्रमुखलाई दबाब दिन थाले ।

शुक्रवार नगरप्रमुख र उपप्रमुखले बैठक डाकेको थियो । तर एमाले बाहेकका ५ दलले आन्दोलन सुरु गरे । आन्दोलनमा उत्रेकाहरु तोडफोड उत्रिए । गाडी पनि जलाए । त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउँदा साहको मृत्यू भयो ।

वडा नम्बर ६ का वडाध्यक्ष मो. आफताब आलमले नगरप्रमुख कटुवालको आनाकानीकै कारण आन्दोलन चर्केको बताए । उनले भने, ‘गरिसकेको निर्णय कार्यान्वयन हुनुपर्छ नी । तर नगरप्रमुख र उपप्रमुखले आनाकानी गरेपछि आज यस्तो ठूलो घटना घटेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]