१३ पुष २०८२, सोमबार
29-12-2025 , Mon
×

जनप्रतिनिधिको घमण्डले घट्यो घटना,प्रहरीको गोलीबाट जयशंकरको मृत्यु

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, पुष २०, २०८०

जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकामा अबस्था तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यूपछि त्यहाँको अवस्था सुनसान छ । तर प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै सडकमै छ ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने/नगर्ने विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि नेकपा एमाले बाहेकका ५ दलले आन्दोलन सुरु गरेको थियो । आन्दोलनकारीले तोडफोड र आगजनीमा उत्रेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरे । सोही क्रममा प्रहरीले गोली चलाउँदा साहको मृत्यू भयो ।

मृतक ३० वर्षीय साह बरहथवा नगरपालिका ६ का बासिन्दा हुन् । उनी बंगलादेशमा एमबीबीएस पढ्दै थिए । तर तीन वर्ष अगाडी बुवा बंगालीराम साहको निधन भएपछि उनी पढाई छाडे । उनी एक्लो छोरा भएकाले एमबीबीएस बन्ने सपना छाडेर बुवाले गरेको व्यावसाय सम्हाले ।

वडा नम्बर ५ मा उनको ‘सर्लाही होटल’ संचालनमा छ ।त्यही होटल जाने क्रममा उनमाथि गोली लागेको थियो । टाउकोमै गोली लागेपछि सडकमा ढलेका उनको तत्कालै मृत्यू भयो ।

‘मेरो मामा आन्दोलनमा जानु भएको थिएन’, मृतक साहका भान्जा विवेकले भने, ‘दाना गोदामबाट होटल जाने क्रममा प्रहरीले चलाएको गोली मामालाई लाग्यो । टाउकोमै गोली हानिएको छ ।’

शाहलाई विद्युत प्राधिकरण कार्यालय नजिक गोली लागेको हो । उक्त स्थान आन्दोलन भएको स्थानदेखि करिब ३/४ सय मिटर दूरीमा छ । विवेकले प्रश्न गरे, ‘आन्दोलन भएको ठाउँमा कसैलाई गोली लागेन । तर ३/४ सय मिटर दूरीमा मेरै मामालाई कसरी लाग्यो ? यसको छानबिन हुनुपर्छ ।’

उनले हवलदार सोनेलाल यादवले गोली चलाएको आरोप पनि लगाए । उनले नेपालप्रेससंग भने, ’हवलदार यादव होटलमा आएर जहिल्यै सित्तैमा खान चाहन्थे । यो विषयलाई लिएर उनीसंग एक पटक झगडा परेको थियो । त्यसैले रिसईबीले उनले नै मामामाथि गोली चलाएको हुनसक्छ ।’

मृतक साहको शव लिएर उनका परिवारका सदस्यहरु र आफन्तहरु कठाङ्ग्रिदो चिसोमा सडकमै आगो बालेर बसिरहेका छन् । प्रहरीहरु करिब ३/४ सय मिटरको दूरीमा छन् । प्रशासनले कर्फ्यू लगाएकाले घरबाट कोही निस्केका छैनन् ।

जनप्रतिनिधिको घमण्डले घट्यो घटना

बरहथवा नगरपालिकाको कार्यपालिका बैठकले गत असोजमै प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्ने निर्णय गरेको थियो । तर पछि नगरप्रमुख कल्पना कुमारी कटुवाल र उपप्रमुख रामबाबु प्रसाद साह निर्णय कार्यान्वयन गर्न चाहेनन् ।

नगरप्रमुख र उपप्रमुख नेकपा एमालेका छन् । त्यहां १८ वटा वडा छन् । अधिकांश जनप्रतिनिधिले प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० वेडमा स्तरोन्नती गर्नुपर्ने अडान लिए । उनीहरु नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न नगरप्रमुख र उपप्रमुखलाई दबाब दिन थाले ।

शुक्रवार नगरप्रमुख र उपप्रमुखले बैठक डाकेको थियो । तर एमाले बाहेकका ५ दलले आन्दोलन सुरु गरे । आन्दोलनमा उत्रेकाहरु तोडफोड उत्रिए । गाडी पनि जलाए । त्यसपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउँदा साहको मृत्यू भयो ।

वडा नम्बर ६ का वडाध्यक्ष मो. आफताब आलमले नगरप्रमुख कटुवालको आनाकानीकै कारण आन्दोलन चर्केको बताए । उनले भने, ‘गरिसकेको निर्णय कार्यान्वयन हुनुपर्छ नी । तर नगरप्रमुख र उपप्रमुखले आनाकानी गरेपछि आज यस्तो ठूलो घटना घटेको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]