०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

रौतहट प्रहरीद्वारा अढाई लाख बराबरको चौपाया बरामद

Logo
प्रकाशित मंगलबार, माघ १३, २०७७

न्यूजमधेश डेस्क
रौतहट ,१३ माघ । जिल्ला प्रहरी कार्यालय रौतहटले राजश्व छली गरेर ल्याउँदै गरेको अवस्थामा १० वटा भैंसी र पाडो बरामद गरेको छ ।

जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ५ मोतिपुरमा भारतबाट राजश्व छलेर अवैध तरिकाले भित्र्याउँन खोजिरहेको अवस्थामा ८ वटा भैंसी र २ वटा पाडो रौतहट प्रहरीले बरामद गरेको हो ।

जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार अर्थात राजश्व छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत मंगलबार दिउँसो २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेको गस्ती टोलीले भैंसी र पाडो बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले चौपाया नियन्त्रण गरेपनि उनीहरुलाई धपाएर ल्याउँने तस्करहरुलाई भने पक्राउ गर्न सकेको छैन । प्रहरी अनुसार तस्करहरु प्रहरीलाई देख्नसाथ चौपायाहरुलाई छाडेर फरार भएका थिए ।

नियन्त्रणमा लिईएको चौपायाहरुको अनुमानित मूल्य अढाई लाख बराबर रहेको प्रहरीले जनाएको छ । चौपायाहरुलाई रित पूर्वक बरामद गरी आवश्यक कारवाहीको लागी आज गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ एकैपटक प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका […]

जनकपुरधाम। भारतको सुरतमा ज्यान गुमाएका एक परिवारलाई जनमत पार्टीका नेताकार्यकर्ताहरुले आर्थिक सहयोग गरेका छन् । धनुषाको कमला नगरपालिका-४ सघारा घर भएका ५५ वर्षिय महेन्द्र महराले घर परिवार चलाउन भारतको सुरतमा केहिदिन अगाडि गरेको थिए।तर,उहाँको सुरतमा काम गरेको दुई महिनामै मृत्यु भएको थियो। महराको आर्थिक रुपमा एकदमै कमजोर रहेकोले जनमत पार्टीका नेताकार्यकर्ताहरुले उनको परिवारलाई २५ हजार […]

काठमाडौं । आज शुक्रबार एकैदिन सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । शुक्रबार भने १ लाख ३७ हजार ९ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्दा नेपालमा असर परेको महासंघले जनाएको […]