महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्।
८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा अहिले चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ।मुखिया जी उम्मेदवार भण्डारीको समर्थनमा जनताको घरदैलोमा सक्रिय रूपमा खटिरहेको छ।उनले मतदातासँग प्रत्यक्ष संवाद गरिरहेको छ।
घरदैलोका क्रममा मुखिया जीले देशमा
विकास, स्थायित्व र समृद्धिका लागि छाता छापमा मतदान गर्न मतदातालाई गुहारिरहेका छन्।
क्षेत्रका विभिन्न समस्या, आवश्यकता तथा दीर्घकालीन विकास योजनाबारे गम्भीर छलफल गर्दै उनले सिंहको यसपटक जित सुनिश्चित हुने दाबीसमेत गरिरहेको छ।
चुनाव नजिकिँदै जाँदा लोहरपट्टी क्षेत्रमा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। विभिन्न दलका उम्मेदवारहरू मैदानमा उत्रिए पनि सिंह अग्रस्थानमा रहेको स्थानीय मतदाताहरू बताउँछन् ।
जनताको उत्साह र समर्थनले सिंहकै पक्षमा स्पष्ट मत आउने विश्वास मुखिया जीको छ।