२० चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

रक्तदान सेवामा जिल्लामै दोस्रो स्थान ल्याएकोमा जनमत नेताद्वय रेडक्रस सिराहा द्वारा सम्मानित

Logo
न्युज मधेश प्रकाशित शनिबार, पुष ११, २०८२

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।

 

जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा सम्मान गरिएको छ। लहान नपाका मेयर महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यता र पूर्व मन्त्री एबम लहान रेडक्रसका संस्थापक राजलाल यादवको विशिष्ट आतिथ्यतामा रेडक्रस लहानको सभाहलमा आयोजित कार्यक्रममा प्रशंसा पत्र र दोसल्ला सहित सम्मानित भएको छ।

 

उनीहरू नियमित रुपमा बिरामीको लागी रगत व्यवस्थापनमा हर बखत सक्रिय रहने , रक्तदान कार्यक्रमको आयोजना गर्ने , आफू समेत रक्तदान गरी बिरामीलाई सेवा दिने गरेको छ।

 

सम्मानित भएका उनीहरूले रक्तदान जस्तो पवित्र सेवा अन्य सेवा नभएकोले आफूहरु यसमा सक्रिय रहेको बताउनु भयो। अरु समान र वस्तुको कंपनी एबम् कारखाना भएकोले किनेर ल्याउने तथा आपूर्ति गर्न सकिन्छ तर रगत मात्रै यस्तो चिज हो जो हाल सम्म कृत्रिम रुपमा उत्पादन हुन सकेको छैन। तसर्थ यो विषय सेवा भाव बाट मात्रै सम्बोधन हुने भएकोले यसमा अहिलेका युवाहरु सक्रिय हुनुपर्ने धारणा राख्नु भयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]