सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।
जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा सम्मान गरिएको छ। लहान नपाका मेयर महेश प्रसाद चौधरीको प्रमुख आतिथ्यता र पूर्व मन्त्री एबम लहान रेडक्रसका संस्थापक राजलाल यादवको विशिष्ट आतिथ्यतामा रेडक्रस लहानको सभाहलमा आयोजित कार्यक्रममा प्रशंसा पत्र र दोसल्ला सहित सम्मानित भएको छ।
उनीहरू नियमित रुपमा बिरामीको लागी रगत व्यवस्थापनमा हर बखत सक्रिय रहने , रक्तदान कार्यक्रमको आयोजना गर्ने , आफू समेत रक्तदान गरी बिरामीलाई सेवा दिने गरेको छ।
सम्मानित भएका उनीहरूले रक्तदान जस्तो पवित्र सेवा अन्य सेवा नभएकोले आफूहरु यसमा सक्रिय रहेको बताउनु भयो। अरु समान र वस्तुको कंपनी एबम् कारखाना भएकोले किनेर ल्याउने तथा आपूर्ति गर्न सकिन्छ तर रगत मात्रै यस्तो चिज हो जो हाल सम्म कृत्रिम रुपमा उत्पादन हुन सकेको छैन। तसर्थ यो विषय सेवा भाव बाट मात्रै सम्बोधन हुने भएकोले यसमा अहिलेका युवाहरु सक्रिय हुनुपर्ने धारणा राख्नु भयो।


