२० चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

बलात्कारीलाई बचाउन आर्थिक चलखेल पीडितलाई प्रलोभनमा पारेर अदालतमा दौडधुप गर्दै

Logo
प्रकाशित बिहिबार, माघ १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१५ माघ । महोत्तरीको भंगहामा महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षकालागि थुनामा रहेका वडा सचिव कारवाहिबाट उम्किन आर्थिक चलखेल थालेको छ । पिडित महिलालाई आर्थिक प्रलोभनमा पारेका वडा सचिव पक्षले उच्च अदालत जनकपुरबाट उम्किन समेत चलखेल थालेको हो ।

भंगहा नगरपालिका–९ हरिणमरीका ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत महोतरीको आदेशमा भंगहा नगरपालिका वडा नं. ९ का ५२ वर्षीय वडा सचिव मिथलेश यादव पुर्पक्षकालागि थुनामा छन् । थुनामा रहेको वडा सचिवले उच्च अदालत जनकपुरमा पुनरावेदन गरी आर्थिक चलखेल शुरु गरेको हो ।

०७७ मंसिर २० गते उच्च अदालत जनकपुरमा दर्ता भएको कैफियत प्रतिवेदन मुद्धामा माघ ८ गते न्यायधिश प्रकाश चन्द्र गजुरेल र शकुन्तला घिमिरेको इजलासले सक्कल कागजात मगाउन आदेश दिएको थियो । यस अघि ३ पटक मुद्धाको पेसी स्थगित गरिएको थियो । पिडित महिलालाई आर्थिक प्रलोभनमा पारेका आरोपित वडा सचिवका पक्षले पछिल्लो समय उच्च अदालत जनकपुरमा फाटबला कर्मचारी र अन्य माध्यमबाट आन्यलयलाई प्रलोभनमा पार्ने प्रयास गर्दै आएको छ ।

पिडित महिलालाई तठस्थ बस्न ३ लाख नगद दिइएको चर्चा भएपनि प्रमाण भने भेटिएको छैन । यस अघि आरोपित महिलालाई १० लाख रुपैयाँ र १० कठ्ठा जग्गा लिएर अदालतमा बयान फेर्न भनेका थिए । घरमा श्रीमान्ले बनाएको टोकरी बेचेर हरिणमरी बजारबाट असोज १४ गते घर फर्किंदै गर्दा ३५ वर्षीया महिलालाई वडासचिव यादवले बलात्कार गरेको आरोप छ ।

घटनालगत्तै प्रहरीले आरोपित वडासचिव यादवलाई पक्राउ गरेको थियो । घटनालगत्तै आरोपित वडासचिव यादवले गाउँकै एक नेताको घरमा गई मेलमिलाप गराइदिन अनुनय गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]