१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

मेयर साहद्वारा बर्थिङ्ग सेन्टरको उदघाटन

Logo
प्रकाशित शुक्रबार, माघ १६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, १६ माघ।प्रदेश २ का महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ७ मेघनाथ गोरहन्नामा प्रसुति सेवा केन्द्र सञ्चालनमा आएको छ । गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा शिशु जन्माउन प्रसुति सेवा केन्द्र (बर्थिंग) सेन्टर भंगहा नगरपालिकाद्वारा संचालनमा आएको हो ।

प्रसुति सेवा केन्द्रको शुक्रबार बिहान एक समारोह बीच भंगहा नगरपालिकाका मेयर संजिव साहले उदघाटन गरेका छन् ।

उदघाटन गदै मेयर साहले अब सुरक्षित प्रसुतिका लगि बाहिर जानैपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले आमाहरु घरमा जोखिमपूर्ण रुपमा नभइ सुरक्षित रुपमा शिशुलाई जन्मदिन प्रसुति सेवा केन्द्रमा आउन तथा समयमा चेकजाँच समेत गराउन आग्रह गरे ।

कार्यक्रमा भंगहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोसी, वडा नं. ७ का वडाध्यक्ष बासुदेव सिंह, स्वास्थ्य संयोजक योगेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]