१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

पब्लिक एफएमको आयोजनामा “दाईजो मुक्त समाज निमार्ण “बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शुक्रबार, माघ १६, २०७७

अजित कुमार भुजेल
बिरगंज,१६ माघ।पब्लिक एफएम १०४.४ मेघाहर्जले आयोजना गरेको सामाजिक बिकृति दाईजो विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

बिरगंज महानगरपालिका वडा न.१४ बहुवरी स्थित कुल्लिया उम्मे कुल्सुम लिल्वनात बिद्यालयमा बिहीबार कार्यक्रम संयोजक लालबाबु सिंहको अध्यक्षताम र बिरगंज महानगर पालिका वडा नं. १४ का वडा अध्यक्ष भरत प्रसाद कुर्मीको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा सामाजिक दाईजो प्रथालाई जरैबाट निर्मुल पार्न दाइजो दिनु भन्दा पहिले आफ्नो छोरीलाई सक्षम बनाउन शिक्षामा लगानी गर्नु पर्ने प्रमुख अतिथि कुर्मीले बताउनु भयो।

यसको लागी आफ्नो निन्तर सहयोग रहने समेत बताए । त्यसैगरि दाइजो एवंम कुरिती विरुद्ध जागरण मञ्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीले दाइजो लिने व्यक्ती भिखारी भएकोले भिखारी घरमा बिवाह नगर्न र त्यसको बिरोध गर्न अनुरोध गर्दै पुरुष भन्दा महिला केही कुरामा कम नभएको र जुन काम पुरुषले गर्न सक्दैन त्यो काम महिलाले गरेर देखाएको उदाहरण रहेको बताए ।

कार्यक्रममा नृसिंह माबि बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु प्रसाद पटेल, सशस्त्र बल १३ नं.गण हेडक्वाटरका प्रहरी निरिक्षक अशोक चालिसे, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी नायब निरिक्षक श्याम किशोर यादव, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक शंकर चौधरी, कुल्लिया उम्मे कुल्सुम लिल्वनात बिध्यालयकी प्रधानाध्यापक रोसन आरा, जामिया राहामानिया बिध्यालयकी प्रधानाध्यापक रिमा हवारी, स्थानिय समाज सेवी रहिमुल्लाह अंसारी, वडा सदस्य रफिक अंसारी, संचारकर्मी रेखा सिंह, एन्जल चौधरी, संजय दास थारु, अजित कुमार भुजेल, बिधालयको छात्रा लगायत स्थानिय महिलाको उल्लेखीय सहभागीता रहेको थियो ।

सो अवसरमा बिधालयकी छात्रा नारसा खातुन, यासमिन खातुन, खुशनुदा नेसा, खुशी प्रवीण, फतिमा नौसिन, रौजिना अफजल, कालमा खातुन, तमन्ना खातुन, लगायतले दाईजो बिकृति बारेमा आफ्नो धारण राखेका थिए ।त्यसैगरि उपस्थित बिद्यार्थीहरुले आफुले दाइजो नदिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
स्वागत कार्यक्रम संयोजक लालबाबु सिंहले गर्नु भएको थियो भने कार्यक्रमको संचालन स्टेशन प्रमुख राजेन्द्र सिंहले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]