२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मेयर गोल्ड कपको उद्घाटन खेलमा आर्मी विजय

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१८ माघ । महोत्तरीको भंहा नगरपालिकामा मेयर गोल्ड कपको उद्घाटन खेलमा आर्मी विजय भएको छ । शनिबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लव विजय भएको हो ।

त्रिभुवन आर्मी फुटवल क्लव र धरान फुटवल क्लव बीच भएको रोमाञ्चक खेलमा पेनाल्टी सुट आउटमा आर्मी ६–५ ले बिजय भएको हो । पेनाल्टीमा आर्मीका तर्फबाट ६ र धरानको तर्फबाट ५ गोल भएको थियो । धरान फुटवल क्लवको फितलो प्रदर्शन रहेको थियो भने खेल अवधी भरी त्रिभुवन आर्मी फुटवल क्लव हाबी रहेको थियो । खेलको म्यान अफ दि म्याच आर्मीका गोलकिपर विवस चौधरी भएका छन् । चौधरीले ५ हजार नगद र टर्फी सहित सम्मान गरिएको छ ।

मेयर गोल्ड कप २०७७ मा राष्ट्रिय स्तरका ८ वटा क्लवहरुको सहभागिता रहेको छ । फुटवल प्रतियोगितामा त्रिभुवन आर्मी क्लव काठमाडोै, धरान फुटवल क्लव, नेपाल एपीएफ क्लव काठमाडौं,सतासीधाम स्पोटिङ्ग क्लव झापा, लेखनाथ युनाईटेड क्लव पोखरा, वेङ्गखाडी यूवा क्लव महोत्तरी, विजय यूथ क्लव हेटौंडा र बागमती युवा क्लव सहभागीता जनाएका छन् ।

भंगाहा नगरपालिकाको आयोजना भएको यस प्रतियोगितामा प्रथम हुनेलाई ५ लाख पुरस्कार र दोस्रो हुनेलाई २ लाख पुरस्कार रहेको छ । आइतबार नेपाल एपीएफ क्लव(काठमाडौं) र सतासीधाम स्पोटिङ्ग क्लव(झापा) बीच हुनेछ ।

भंगहा नगरप्रमुख संजिव साहको अध्यक्षता तथा नेपाल फुटवल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ् सेर्पाको प्रमुख आतिथ्यमा खेलको उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा प्रदेश २ का प्रहरी प्रमुख धिरज प्रताप सिंह, प्रदेश २ आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव काशीराज दहाल लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]