०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

रुपन्देहीमा गाउँपालिका अध्यक्ष शुक्ला सीके राउतको पार्टीमा प्रवेश

Logo
प्रकाशित आइतबार, माघ १८, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१८ माघ। रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष बब्लु भनिने जितेन्द्रनाथ शुक्ला जनमत पार्टीमा प्रवेश गरेका छन् । शनिवार पार्टी अध्यक्ष डा. सीके राउतले उनलाई स्वागत गरे ।

शुक्ला तत्कालीन फोरम लोकतान्त्रिक पार्टीबाट निर्वाचित भएका थिए । फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा समाहित भएपछि उनी नेकपामा प्रवेश गरे । तर नेकपा केही दिनमै परित्यागको घोषणा गरेका थिए ।

यस्तै रुपन्देहीका सद्भावना पार्टीका पूर्वअध्यक्ष एवं नमूना उच्च माविका अध्यक्ष आनन्द प्रसाद गुप्ता, मर्चवार सिँचाइ (लिफ्ट) विभागका सचिव जगरनाथ कुर्मी र सम्मरीमाई गाउँपालिकाका नेकपाका उम्मेवार सहाबुद्दिन देवान पनि जनमत पार्टीमा प्रवेश गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]

सुनसरी, १८ भदौ। भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने […]