२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

भान्साको विभेद अन्त्य गर्न दम्पती परिचालन

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

दुर्गा देवकोटा
टीकापुर, २२ माघ ।कैलालीको टीकापुर नगरपालिकाले विभेद अन्त्य भान्साबाटै शुरु गर्नुपर्ने भन्दै दम्पती परिचालन गर्न थालेको छ । नगरपालिकाले घरायसी काम अर्थात् भान्सामा पुरुष सहभागिता बढाउन दम्पतीलाई अघि सार्न थालेको हो ।

नगरपालिकाले घरायसी कामको बोझ बढी भएका कारण महिलाको प्रगतिमा प्रभाव परेको र पोषण अवस्था कमजोर भएको भन्दै गएको दुई वर्षयता १२३ लाई लैङ्गिक समता र समावेशीकर्ता ९जेसी च्याम्पियन० तालीम दिएको छ । तालीम लिएकाले ‘च्याम्पियन’को योग्यता हासिल गर्नुभएको छ । यसरी च्याम्पियन बनेका अधिकांश दम्पती छन् भने केही शिक्षकसमेत रहेका छन् ।

नगरपालिकाले व्यवहार आफ्नै जीवन र घरबाट शुरु गर्नुपर्छ भनी दम्पतीलाई नै लैङ्गिक समताबारे जानकारी दिएको हो । तालीमपछि उनीहरुको जीवनमा धेरै परिवर्तन आएको छ । तालीमपछि च्याम्पियन हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागि थप जिम्मेवार भइरहेका छन् । टीकापुरकी सुष्मा विकको घरमा घरका सबैले खाना खाइसकेपछि मात्र बुहारीले खाना खानुपर्छ भन्ने मान्यता थियो । सुष्माले परिवारका सबै सदस्यले खाना खाइसकेपछि खाना खानुहुन्थ्यो ।

समुदायमा रहेका ‘जेसी च्याम्पियन’ले सुष्माका घरमा छलफल गरेपछि हाल उहाँले सबैभन्दा पहिले खाना खान पाउनुभएको छ । छ महिनाकी सुत्केरी सुष्मालाई अन्य नागरिकलाई भन्दा बढी पोषण चाहिने कुरा परिवारले बुझेपछि सुष्मालाई पर्याप्त आराम गर्ने समय पनि पाइएको छ । “सबैले खाना खाइसकेपछि खान्थेँ, कहिलेकाहीँ खाना पुग्दैनथ्यो, फेरि पकाएर खान सकिँदैनथ्यो, कहिलेकाहीँ दिनभरि भोकै पनि हुन्थे”, सुष्माले भन्नुभयो, “आजभोलि श्रीमान् र सासूआमाले मलाई शुरुमा खाना खुवाउनु हुन्छ, अहिले थपेर खान पाइन्छ, अन्य काममा पनि आजभोलि घरका पुरुष पनि काममा सघाउने गर्छन् ।”

टीकापुरको ब्लक नं ३० की चन्द्रा रेग्मीका श्रीमान् पहिले घरमा केही काम गर्नु हुन्थेन । अचेल घरको सबै काममा सघाउनुहुन्छ । घरको काम सबै महिलाको हो भन्ने बुझेका श्रीमान्लाई आफूले सिकेका कुरा सिकाउँदा आफ्नो पारिवारिक माहोल पहिलेको तुलनामा बदलिएको रेग्मी बताउनुहुन्छ । “पहिला सबै काम मैले गर्नुप¥थ्यो, तालीमपछि मैले उहाँलाई सिकेको कुरा बुझाए, हाल सकेको काम गर्नुहुन्छ”, रेग्मीले भन्नुभयो, “बच्चाको स्याहार, भान्साको काममा सघाउने गर्नुभएको छ, श्रीमान्को सहयोगपछि मेरो आधा काम घटेको छ ।”

टीकापुर–५ वसन्ताकी उषा चौधरीले पनि लैङ्गिक समता र समावेशीकर्ता तालीमपछि महिलाको हक, अधिकार र महिला तथा बच्चाको पोषण सुधारमा अभियन्ताका रुपमा काम गरिरहनुभएको छ । उषा पनि लैङ्गिक भेदभाव घर तथा भान्साबाटै हटाउनुपर्छ भन्ने कुरा परिवारलाई बुझाउन सकेको बताउनुहुन्छ । “हामी भेदभावका कुरा गर्छौं, भेदभाव हाम्रो भान्साबाटै शुरु हुन्छ”, उषाले भन्नुभयो, “मैले मेरो परिवारलाई यो कुरा बुझाउन सकेकी छु, भान्साबाटै भेदभाव अन्त्य गर्ने कुरामा परिवारले बुझेको छ, अब समुदायलाई पनि बुझाउने अभियानमा छु ।”

टीकापुर–७ का भिखुलाल चौधरी शिक्षक हुनुहुन्छ । उहाँले पनि खाना पकाउने, भाडा, कपडा धुनेजस्ता सबै काम गर्न थाल्नुभएको छ । भिखुलालले विद्यालयको कक्षामा, सामाजिक भेला, बैठकजस्ता ठाउँमा लैङ्गिक समानताका कुरा गर्न थाल्नुभएको छ ।

स्वयंसेविका चन्द्रावती शर्माले सबैभन्दा बढी विभेद भान्सामा हुने गरेकाले भान्साबाटै विभेद अन्त्य आवश्यक रहेको बताउनुभयो । “सबैले खाइसकेपछि बुहारीले खाना खाने चलन छ, अन्त्यमा खाने मानिस बचे पो खान्छ, अनि कसरी पोषण सुधार हुन्छ रु”, स्वयंसेविका शर्माले भन्नुभयो, “संयुक्त परिवारमा आफ्नो बच्चालाई अलि बढी दिने, अलि मीठो खुवाउने, अर्काको बच्चाको खानपानमा ध्यान नदिने गरिन्छ, अनि बच्चा पनि कुपोषित हुन्छ, त्यसैले अभिभावक सचेत बन्न जरुरी छ ।”

नगरपालिकाले पोषणमैत्री वडा र स्वास्थ्यचौकी घोषणाका लागि हरेक घरमा अनिवार्य करेसाबारीको नीति अघि सारेको छ । साथै गर्भवस्थादेखि नै पोषणमा ध्यान दिनुपर्ने भएकाले गर्भवतीलाई पोषणसँग जोेड्ने कार्यक्रम लागू गर्ने तयारी गरेको जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर रामलाई नगरपालिकाले राहत सामग्री उपलब्ध गराएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले एक समारोहकाबीच ५०/५० किलो चामल, त्रिपाल, भाँडाकुँडा, दाल, तेल, नुनलगायत दैनिक उपभोग्य सामग्री वितरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख चौधरीले अग्नीपीडितको छानामा जस्तापाता लगाउन नगरपालिकाबाट थप रु २५/२५ हजार नगद […]

सर्लाह । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदी बन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदी बन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा एक सय ६० जना पुरुष र ५० जना महिला गरी दुई सय १० जनाको क्षमता रहेको छ । कारागारमा महिला, […]

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ । आज विष्णु गाउँपालिका-१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र […]