१७ कार्तिक २०८२, सोमबार
03-11-2025 , Mon
×

आमहडताल : प्रचण्ड-नेपाल समूहले गर्‍यो चिया पसलदेखि सवारी साधनसम्ममा तोडफोड

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

किशोर विश्वकर्मा
विराटनगर,२२ माघ । संवैधानिक परिषद्का पदाधिकारीको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड(नेपाल समूहले आह्वान गरेको बन्दका क्रममा विभिन्न ठाउँमा तोडफोड भएको छ । शान्तिपूर्ण बन्द भनिए पनि आन्दोलनकारीले विराटनगरसहित प्रदेश १ का विभिन्न स्थानमा दर्जनौँ सवारी साधन र पसलमा तोडफोड गरेका छन् ।

प्रचण्ड(नेपाल समूहले बिहीबारका लागि आह्वान गरेको आमहडताल शान्तिपूर्ण हुने भनिए पनि व्यवहारमा त्यस्तो देखिएन । आन्दोलनकारीले बन्दको अवज्ञा गरेको भन्दै सवारी साधनका साथै चिया पसलमा समेत तोडफोड गरेका छन् ।

आमहडताललाई सफल बनाउन भन्दै सो पार्टीका नेताहरू एकाबिहानैदेखि झण्डा र लाठीसहित प्रदर्शनमा उत्रिएका थिए । तीनपैनीस्थित पूर्वमाओवादीको पार्टी कार्यालयबाट नेकपा केन्द्रीय सदस्य एवं विघटित प्रतिनिधिसभाका सांसद शिवकुमार मण्डलको नेतृत्वमा निस्किएको समूहले विराटनगर महानगरपालिका अगाडिको चिया(नास्ता पसलमा तोडफोड गरेको थियो ।

आन्दोलनकारीले समोसा, तेल, चिया, तरकारी, दूध फ्यालिदिएका थिए । उनीहरूले पसलको सोकेसको सिसासमेत फुटाइदिएका थिए । त्यस क्रममा पसलका सञ्चालक प्रमोद सहनीको गालामा चोटसमेत लागेको थियो । सहनीले आफूमाथि लाठी र लात्तीले कुटपिट भएको बताएका छन् ।

आन्दोलनकारीले पार्टी कार्यालय सामुन्ने टायर बालेर प्रदर्शन गरेका थिए । नगरक्षेत्रका मुख्य चौकमा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए । बाँसको भाटा नचाउँदै सडकमा नाराबाजी गर्दै बजारतर्फ लागेका उनीहरूको प्रस्तुतिका कारण स्थानीय सर्वसाधारण त्रसित भएका थिए ।

त्यसक्षेत्रबाट निस्किएको आन्दोलनकारीको समूहमा केन्द्रीय सदस्य मण्डलसहित जिल्ला संघर्ष समितिका संयोजक गणेश उप्रेती, प्रदेश सांसदसमेत रहेका नेकपा नेता कुशल लिम्बू साम्बा, भोगेन्द्र यादवलगायतका नेताहरूले नेतृत्व गरेका थिए । बरगाछी चोकमा भने सोही पार्टीका नेताहरू पारुल क्षेत्री, महिला नेतृ नमिता न्यौपाने र मोहम्मद आजम परवेजलगायतका प्रदेशस्तरीय नेताहरूले प्रतिनिधित्व गरिरहेका थिए ।

बन्दका कारण सर्वसाधारणले सास्ती झेल्नु परेको भए पनि बाध्यताका कारण बन्दको आह्वान गरिएको प्रचण्ड–नेपाल समूहका नेताहरूको भनाइ छ । ‘बन्द(हडताल पक्कै पनि राम्रो कुरा होइन तर बाध्यताका कारण यसो गरिएको हो’ नेता मृत्युञ्जयकुमार झाले भने, ‘केपी सरकारले संसद विघटन गरेर संविधान ुकूु गरेकै थियो त्यसमा पनि संवैधानिक निकायमा संविधानविपरीत नियुक्त गरेपछि बाध्य भएर बन्द हडतालमा उत्रनु परेको हो ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]