२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

दलितमाथिको विभेद अन्त्य नभएसम्म समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

Logo
प्रकाशित शुक्रबार, माघ २३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२३ माघ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताएका छन ।

समता फाउण्डेशनले आज जनकपुरधाममा आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशको समृद्धि र विकासका लागि पछि पारिएका समुदाय दलित, महिला, मुस्लिमलगायतको उन्नति र विकासका लागि अनेकौँ योजना ल्याएको जनाए ।

मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याएका योजनाको प्रतिफल ५-१० वर्षपछि समाजले अनूभूति गर्ने बताए ।

संविधानले सुनिश्चित नगरेको भए जनप्रतिनिधिमा उनीहरुको सहभागिताको परिकल्पनासमेत गर्न सक्दैन्थ्यो भन्दै उनले त्यसै कारण आफूहरु हरेक ऐन कानूनमा दलित महिला मुस्लिमलगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै गएको जानकारी गराए ।

कार्यक्रममा प्रदेशसभा सदस्य चमेलीदेवी दास, दलित अगुवा भोला पासवानलगायतले सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]