०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

पर्यटन क्षेत्रको अवस्था सुधार्न प्रदेश २ सरकारले सहयोग गर्छ : मन्त्री साह

Logo
प्रकाशित शनिबार, माघ २४, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,२४ माघ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पर्यटन क्षेत्रको अवस्था सुधारका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने बताएका छन् ।

कोरोनाका कारण संकटमा परेको पर्यटन क्षेत्र र व्यवसायलाई उकास्ने उद्देश्यका साथ प्रदेश २ स्तरीय अभियान कार्यक्रमको शुक्रबारदेखि सप्तरीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘पर्यटन क्षेत्र र यससँग सम्बन्धित होटल तथा व्यवसायको कर मिनाहादेखि बैंकबाट सरल तरिकाले कर्जा उपलब्ध गराउनेसम्मका सहयोग पनि गर्न तयार छौँ, तपाईंहरू कार्यक्रम बनाएर ल्याउनुस् ।’

होटल पर्यटन व्यवसाय तथा सरोकारवालाको सहभागितामा सुरु भएको कार्यक्रममा कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्राले विवाहका बेला छोरीलाई श्रृंगार गरेजस्तै पर्यटकीयस्थलको पहिचान गरी ती स्थलहरूलाई सिंगारिन सके मात्र पर्यटकीय क्षेत्र र त्यससँग आवद्ध व्यवसायको विकास सम्भव हुने तर्क प्रस्तुत गरे ।

नेपाल पर्यटन बोर्डका अधिकृत सागर श्रेष्ठले सप्तरीबाट सुरु भएको अभियान प्रदेश २ का ८ वटै जिल्लामा पुग्ने जानकारी दिए । अभियानमा सम्मिलत टोली ८ वटै जिल्लाको पर्यटकीय स्थलमा पुगि पर्यटकीय स्थलको भ्रमण, वृत्तचित्र निर्माण र प्रचारप्रसारमा खट्ने कार्यक्रम तय रहेको बताउँदै उनले यसबाट पर्यटकीय क्षेत्रको विकास र बढीभन्दा बढी पर्यटक भित्राउन मद्दत पुग्ने विश्वाससमेत व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]